27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 01:34

TRENDING .

अर्घाखाँचीमा बन्द खुलेपनि बजार सुनसान

- Advertisement -

मंसिर-२१, अर्घाखाँची–पाँच नम्बर प्रदेशका पहाडी जिल्लाई तराइसँग अलग गराइ चार नम्बर प्रदेशमा लैजान खोजिएको  बिरोधमा गत बुधबारदेखि जारी रहेको बन्द मंगलबारदेखि खुलेको छ। बन्द खुलेपनि बजार सुनसानै छ।  गाउँबाट मानिसहरु बजार गर्नका लागि झरेका छैनन्। बुधबार देखिको लगातारको बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै संयुक्त संघर्ष समितिले २५ गते सम्मका लागि बन्दका कार्यक्रमलाई स्थगित गरेको छ।

मंलबारदेखि शिक्षण संस्थाहरु पनि खुलेका छन्। बन्द खुलेपनि  लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। कपिलबस्तु रुपन्देही गुल्मी, पाल्पा बन्द भएका कारण एक हप्ता देखि लामो दूरीका सवारी साधन चल्न नसकेका हुन्। संयुक्त संघर्ष समितिले मंगलबार र बुधबार अखण्ड  पाँच नम्बर प्रदेश  लेखेको डिजिटल  नक्सालाई सन्धिखर्कका मुख्य÷मुख्य चोकमा राख्ने, बिहीबार र शुक्रबार मानव साङ्ग्लोले सरकारी कार्यालय घेर्ने कार्यक्रम सार्वजनिक गरेको  नेकपा एमालेका जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले जानकारी दिए।

उनले त्यतिबेलासम्म पनि सरकारले संविधान संशोधन विधेयकलाई फिर्ता नगरे आन्दोलनलाई कडा रुपमा लैजाने बताए।  नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु खनाल मुस्कानले २५ गते शनिबार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने बताए । गुल्मी पाल्पा कपिलबस्तु र रुपन्देहीमा बन्द सहितका आन्दोलनका कार्यक्रम भइरहेका बेलामा अर्घाखाँचीमा बन्द फिर्ता गराइएको भन्दै असन्तुष्टि बढेको छ। रुपन्देही र कपिलबस्तु बन्द भएपछि अर्घाखाँची खुल्ला रहनुको अर्थ नभएको भन्दै जिल्लाबासीले सबै जिल्लाका बिरोधका कार्यक्रम एकै खालका हुनुपर्ने बताएका छन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्