27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 11:57

TRENDING .

नवलपरासीलाई पाँच नम्बर प्रदेशमा राख्न थारुहरुको माग , आन्दोलनका कार्यक्रम घोषणा

- Advertisement -

काठमाडौं–नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै  थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

थारु कल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै भने, ‘वर्तमान संविधानमा उल्लेख गरिएको प्रादेशिक सीमाङ्कनले थारु बाहुल्य नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखेर आम थारु समुदायहरुको आत्मा सम्मान, स्वाभिमान, भाषा, संस्कृति र पहिचानलाई समाप्त पार्ने गरी जातीय क्ल्स्टरलाई खण्डित गरेको हामी कुनै पनि हालतमा मान्दैनौं यसले सम्पूर्ण थारुहरुलाई अन्याय गरेको छ ।’

सभापति थारुले अहिलेको सीमाङ्नलाई संशोधन गरी नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा समावेश गर्नेगरी संविधान संशोधन गर्न माग गरे । उनले भने, ‘अरु बाँकी ७४ जिल्ला चाँही टुक्र्याउनु नपर्ने तर थारु जातिहरुको ऐतिहासिक थातथलो रहेको नवलपरासीलाई मात्र टुक्र्याएर तराईका आदीवासी भूमिपुत्र थारुमाथि गम्भीर षडयन्त्र भएको छ, यसलाई तत्काल सच्याउनु पर्छ।’

थारु कल्याणकारी सभाले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमहरुमा मंसिर २२ गतेसम्म विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, २३ देखि २६ सम्म गाउँ जागरण अभियान सञ्चालन गर्ने, २७ र २८ मा विभिन्न बुद्धिजिवी र नवलपुर क्षेत्रका सांसदहरुसँग अन्तक्रिया गर्ने, २९ र ३० गते सरकारी कार्यालय घेराउ गर्ने, पौष १ गते नवलपुर क्षेत्रभरी मसाल जुलुस गर्ने, २ गते पूर्व पश्चिम राजमार्गमा १ घण्टा चक्का जाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने, ४ गते १ दिन नवलपुर बन्द गर्नेलगायतका रहेका छन् ।
पत्रकार सम्मेलनमा थारुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु, थारु कल्याणकारी सभाका केन्द्रीय पार्सद ब्रिजमोहन चौधारी, थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ओमनारायण महतो, थारु कल्याणकारी सभा नवलपरासीका सल्लाहकार पतिराम महतो, थारु विद्यार्थी समाज नवलपरासीका अध्यक्ष राजकुमार थनैत, नयाँ शक्ति नेपाल पार्टीका पिताम्बर महतो, थारु महिला सभाका रेखा पञ्जियार, थारुकल्याणकारी सभाका खेमनारायण महतोलागयतको उपस्थिति रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्