27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:27

TRENDING .

आर्थिक विकासमा राजनीतिक दलहरुनै बाधक : उद्योग ब्यबसायी

- Advertisement -

चितवन, मंसिर-२१, नेपाल वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालको आर्थिक विकासमा राजनीतिक दलका नेता कार्यकर्ताहरु बाधक बनेको बताएका छन् । दलका नेताहरुले हरेक कार्यक्रममा आर्थिक विकास र उन्नतिका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्ने काम मात्रै भइरहेको बताए । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५० औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै महासंघका अध्यक्ष मुरारकाले दलका नेताहरुमा हात्तीको चपाउने र देखाउने दाँत फरक भएजस्तो प्रवृत्ति भएको बताए ।  दलहरुले विभिन्न बहानामा बन्द हड्ताल गर्दा त्यसको प्रत्यक्ष असर नेपालको उद्योग व्यवसायमा पर्न जाने हुँदा अबका दिनहरुमा त्यस्ता कृयाकलाप नगरिदिन पनि उनले आग्रह गरे । नेपालको आर्थिक पक्ष सवल नभएसम्म राजनीतिक पक्षले पनि सफलता पाउन नसक्ने उनले बताए । राजनीतिक दलकै कारण नेपालमा खुल्ला बजार अर्थतन्त्रको व्यवस्था कायम हुन नसकेको उनको भनाइ छ ।
कुनै एउटा दल सत्तामा रहँदा एउटा र सत्ता बाहिर रहँदा अर्को कुरा गर्ने समस्या र एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले गर्दा नेपालको अर्थतन्त्रले गति लिन नसकेको उनले बताए । तैपनि नेपालको अर्थतन्त्र निजी क्षेत्रमै भर परिरहेको उनको भनाइ छ । ‘दलहरुले चाहेमा नेपालको अर्थतन्त्र कुनै विकसित मुलुकभन्दा कमजोर छैन,’ उनले भने, ‘अहिल्यै पनि नेपालको अर्थतन्त्र निजी क्षेत्रले नै धानेको छ ।’
यस्तै महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपाल सरकारको लाचारीपनले गर्दा जनताले चाहेजति विकास हुन नसकेको बताए । ‘गर्न सक्ने काम पनि नगरी विदेशीको मुख ताकेर बस्ने प्रवृत्तिले गर्दा नेपाल धनी मुलुकमा पर्न नसकेको हो,’ उनले भने । नेपालको निजी क्षेत्र सक्षम भइकन पनि दलहरुको नकारात्मक सोचाइका कारण पनि आर्थिक विकासले गति लिन नसकेको उनको भनाइ छ । ‘जबसम्म सकारात्मक सोचाइ आउँदैन तबसम्म नेपालको आर्थिक विकासले गति लिन सक्दैन,’ उनले भने ।
बर्सेनि लोडसेडिङको मार खेपिरहेका नेपालका उद्योगी व्यवसायीहरुले यसवर्षबाट भने ठूलो राहत पाएको भन्दै उपाध्यक्ष गोल्छाले सरकारले चाहे जे पनि गर्न सक्ने हुँदा नेपालको विकासमा टेवा पुग्ने सबै काम सम्पन्न गर्न उनले नेपाल सरकारलाई आग्रह गरे । लोडसेडिङको अन्त्यले गर्दा नेपालको औद्योगिक क्षेत्रलाई ठूलो राहत मिलेको छ,’ उनले भने, ‘जसकारण इन्धन आपूर्ति कम हुँदा नेपालको केही अर्थ नेपालमै सिञ्चित भएको छ ।’
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुण सुमार्गीले नेपालको उद्योगी व्यवसायीहरुमा स्वस्थ प्रतिस्पर्धा भएमा नेपालको आर्थिक क्षेत्र बलियो हुने बताए । यसका लागि नेपालका सबै क्षेत्र सकारात्मक हुन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले ठूलो संख्यामा नेपालीहरु कृषि क्षेत्रमा निर्भर भए पनि कृषि क्षेत्रको समष्टिगत विकास हुन नसकेको बताए । ‘नेपालको कृषि क्षेत्रलाई समयानुसार आधुनिकीकरण र यान्त्रिकरण गर्न सके आर्थिक विकासमा टेवा पुग्न सकिन्छ,’ उनले भने ।
नेपालमै संभावनाको खानी भएर पनि दक्ष जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएकोले संभावनामै सिमित रहेको उनको भनाइ छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपरासी जिल्ला जोड्ने एउटै मात्रै पुल नारायणी नदी पुल अत्यन्तै जीर्ण भइसकेकोले यसको विकल्पमा सम्बन्धित निकाय र सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनले बताए । ‘यसको पहलकदमीलाई सार्थकता दिनका लागि मन्त्रालयमासमेत पटक–पटक आग्रह गरिरहेका छौँ,’ उनले भने ।
साधारण सभाको क्रममा सोमबार उत्कृष्ट महिला उद्यमीको रुपमा सिम्रिक लेडिज टेलर्सका प्रोपाइटर श्यामकली पिया र उत्कृष्ट वस्तुगत संघतर्फ फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्रद्वारा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सम्मान गरेका हुन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्