नवलपरासी, मंसिर-२०, नवलपरासीमा मधेसी मोर्चाले सदरमुकाम परासीमा नेकपा एमालेलाई कुनैपनि राजनीतिक कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।
सोमबार मोर्चाको बैठक बसेर एमालेलाई सदरमुकाम प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
‘एमाले मधेसविरोधी रहेको र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा मधेसीमा माग पूरा गर्न नदिने षड्यन्त्र गरेको’ भन्दै राजनीतिक गतिविधि गर्न नदिने निर्णय गरेको मोर्चाका सदस्य एवं संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए ।