27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 06:00

TRENDING .

रञ्जीत रे नेपाल छोड भन्दै एमालेले गर्यो भारतीय दूतावास घेराउ

- Advertisement -

काठमाडौं, २० मंसिर । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतीय राजदूतावास घेराउ गरेको छ ।

सोमबार एमालेका भातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुले नेपालको आन्तरिक मामिलामा भारतीय राजदूतले अस्वभाविक हस्तक्षेप गरेको भन्दै लैनचौरस्थित दूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनको नेतृत्वको युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाले गरेका छन् । प्रदर्शनमा सयौं युवाहरु उपस्थित छन् ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार ‘रञ्जीत रे तिम्रो हैसियतमा बस । तिमीले आफ्नो पदीय मर्यादा ख्याल राख । सक्दैनौं भने नेपाल छोड’ भन्ने नारासहित प्रदर्शन भइरहेको छ । प्रदर्शनका कारण भारतीय राजदूत दूतावासभित्रै थुनिएका छन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा र मधेसी नेतालाई निर्देशन दिएर नेपाली राजनीतिमा भारतीय राजदूत रञ्जीत रेले ठाडो हस्तक्षेप गरेको भन्दै एमालेले भारतविरुद्ध एक्शन लिँदै आन्दोलनको सुरुवात गरेको छ ।

यसअघि शनिबार पनि एमाले भातृ संगठनले दूतावासमा ‘राजदूत रञ्जीत रेलाई देश निकाला गर’ भन्दै प्रदर्शन गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्