27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:16

TRENDING .

भरतपुरमा आजबाट सुविधा सम्पन्न सिटी बस सुरु, ९ सयमा मासिक सवारी, यस्तो छ रुट…

- Advertisement -

मंसिर-१९, चितवन, ग्लोबल मेट्रो सिटी बस प्रा.लि.ले आज (आइतबार)देखी चितवनमा सुविधा सम्पन्न सिटी बस संचालनमा ल्याएको छ ।
आज एक औपचारिक समारोहकाबीच भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निमित्त प्रमुख जिल्ला अधिकारी रामराजा सुवेदीले उद्घाटन गर्नुभयो ।
भरतपुर, नारायणगढ, गैंडाकोटमा रहेका उद्योगी व्यापारी तथा सामाजिक व्यक्तित्वहरुको अगुवाईबाट यस बस सेवा सुरु भएको हो । उद्घाटन समारोहमा बोल्दै ग्लोवल मेट्रो सिटी बस प्रा.लि.का अध्यक्ष बद्रीप्रसाद अधिकारीले सरकारको निती नियम भित्र रही व्यवस्थित ढंगले सार्वजनिक यातायात सेवा गर्दै सम्मानित पेशाको रुपमा यसलाई स्थापित गराउने बताउनुभयो । उहाँले ८ अर्ब भन्दा बढिको लगानीमा सुविधा सम्पन्न बस संचालनमा ल्याएको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

हाल संचालन हुने यस्तो छ रुट

सिटी बस संचालनका लागि तीन वटा रुटहरु छुट्याइएको छ । जहाँ २५ वटा बस संचालन हुने छ ।

रुट नं.१ अन्तरगत भरतपुर बसपार्कबाट हाकिम चोक–क्यान्सर गेट– टाईगर चोक–धर्मचोक–बेलचोक–शहिदचोक–लायन्स चोक–चितवन मेडिकल कलेज, चौविसकोठी–हाकिम चोक– भरतपुर बसपार्क पुग्ने छ ।

रुट नं. २ अन्तरगत भरतपुर बसपार्क–जिल्ला प्रशासन कार्यालय हुँदै बाईपास रोड–दियालो बंगलाचोक, नारायणगढबाट पुलचोक–शहिदचोक–भरतपुर बसपार्क ।

रुट नं.३ अन्तरगत भरतपुर बसपार्कबाट हाकिमचोक हुँदै–चौविसकोठी–पुलचोक–गैंडाकोट–विजय चोक–मौलाकालिका हुँदै–नारायणगढ बसपार्क–बाईपास रोड–भरतपुर बसपार्क ।

९ सय रुपैयाँमा महिनाभर चढ्न पाउने

सिटी बसमा यात्रुहरुलाई अर्को फाईदाको विषय छ । ९ सय रुपैयाँ तिरे महिनाभर सिटी बसमा चढ्न पाईन्छ । ९ सय रुपैयाँ तिरेपछि मासिक यात्रा शुल्क कार्ड पाईन्छ । यही कार्ड देखाएर जुनसुकै र परिवारका जोसुकै पनि महिनाभर यात्रा गर्न पाउने अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो । यो कार्ड महिना पुगेपछि कलर परिवर्तन गरिन्छ । यस्तै जुनसुकै ठाउँमा जान यस बसमा चढ्दा यात्रुहरुले १५ रुपैयाँ तिर्नुपर्ने छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्