27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:17

TRENDING .

डाक्टर केसीले २२ अौं दिन अनसन तोडे, कसरी तोडियो अनसन हेर्नुहोस

- Advertisement -

मंसिर-१९, वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्। केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार केसीले जुस पिएका छन्। ‘१२ बुँदे सम्झौतापत्रमा उहाँले हस्ताक्षरपछि उहाँले जुस पिउनुभयो,’ सिंहले भने। लामो समय अनसन बस्दा गलेका केसीले अनसनस्थलमा जुस पिएका छन्।  त्रिवि शिक्षण अस्पतालको गणेशमानसिंह भवनबाहिर प्राङ्गणमा निस्किएर जुस पिउने योजना भए पनि स्वास्थ्यअवस्था कमजोर रहेका केसी निस्किन सकेनन्।

डाक्टर केसीलाई सिन्धुपाल्चोकका बालक मार्सङ तामाङले जुस पिलाए। महाभूकम्पमा परी अामा-बाबु गुमाएका तामाङको हातबाट केसीले जुस पिएका हुन्। उनी काठमाडौं बौद्धमा बस्दैअाएका थिए। शनिबार राति त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमतिलगायत सहमति भएको थियो। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा। केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको हो।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्