कास्की, मंसिर-१७, बाणिज्य मन्त्री रोमी गौचन थकालीले नवलपरासीको सुस्ता र बर्दघाटलाई प्रदेश नम्बर चारबाट अलग गरिए पदबाट राजीनामा दिने उद्घोष गरेका छन् । शुक्रवार पोखरामा आयोजित आर्चरी खेल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री थकालीले चार नम्बर प्रदेशमा रहेका ती क्षेत्र अर्को प्रदेशमा गाभ्न नदिने प्रष्ट पारेका हुन् । मन्त्री थकालीले जनताको चाहना, इच्छा बिना राजनीति गर्नेहरु कहिल्यै नटिक्ने ठोकुवा गर्नु गरे । राजनीति जनताको चाहना, जनताको इच्छा र जनताकै भरोसामा चल्नुपर्ने र आफू पनि त्यहि सिद्धान्त अनुसार चलेकाले मन्त्रीसम्म बन्न पुगेको दाबी गरे । उनले ४ नम्बर परदेशका सम्पूर्ण पाहाडी, हिमाली क्षेत्रको दक्षिणी सिमाना त्यहि भएकाले नवलपरासीको सुस्ता र बर्दघाटलाई प्रदेश नम्बर चारबाट अलग गरिनु र स्वास फेर्ने ठाउँ घाटी थिचेर हास भन्नु एकै हो , त्यसैले ४ नम्बरका सबै जनताले त्यसको लागी संघर्ष गर्न पछि पर्न नहुने बताए ।