8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

पाँच नम्बर प्रदेश जोगाउन बुटबलमा प्रदर्शन, केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर-१७, बुटवलमा शुक्रबार बिहानैदेखि प्रदर्शन सुरू भएको छ। पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी राखिएको छ।

शुक्रबार रुपन्देहीमा विभिन्न संघ–संस्थाको आह्वानमा र्याली निकालिएको छ। रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघलगायत सबैजसो व्यावसायिक तथा सामाजिक संघ–संस्थाले बिहानै र्याली निकालेका हुन्।

उनीहरूले पाँच नम्बर प्रदेशका पहाड र तराईलाई अलग गराउने सरकारको प्रस्ताव स्वीकार नगर्ने बताएका छन्।

व्यवसायीहरूले पहाडबाट घिउ र तराईबाट नुन साट्ने सदियौंदेखिको सम्बन्ध रहेकोले पहाड–तराई छुट्याउने प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। पाँच नम्बर प्रदेश जोगाउने एजेन्डा कुनै एउटा दलको नभई सिंगै पाँच नम्बर प्रदेशको भएकोले यसलाई जोगाउन पनि आन्दोलित भएको सहभागीले बताए।

राष्ट्रिय झन्डासहित सहभागी भएको उद्योगी व्यवसायीले अखण्ड पाँच नम्बर प्रदेश कायम गर, प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन, संशोधन प्रस्ताव फिर्ता गर, नेपाली एकता कायम गर, हिमाल पहाड तराई, कोही छैन पराईजस्ता नारा लगाएका थिए।

यसैबीच, संविधान संशोधन प्रस्तावको विरोधमा बुटवलमा प्रदेशस्तरीय सर्वदलिय भेला आयोजना गरिएको छ। विभिन्न राजनीतिक दलहरू सम्मिलित संयुक्त संघर्ष समितिको आह्वानमा आयोजित भेलामा यसक्षेत्रका सबै राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!