27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:46

TRENDING .

गोविन्द केसीको जीवनरक्षार्थ भन्दै सरकारी चिकित्सक संघले शुक्रबारदेखि अान्दोलन थाल्ने

- Advertisement -

त्रिवि शिक्षण अस्तालमा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षार्थ दबाब दिन सरकारी चिकित्सक संघले शुक्रबारदेखि अान्दोलन थाल्ने भएका छन्। केसीका मागमा एेक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले अाकस्मिकबाहेकका सेवामा संलग्न नहुने घोषणा गरेका हुन्। सरकारी चिकित्सक संघका महासचिव विष्णुरथ गिरीले मंसिर १७ र १८ गते दुई दिन अाकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने निर्णय गरेकाे जानकारी दिए। साथै उसले देशभरिका सरकारी अस्पतालले अस्पताल प्रा‌‌गणबाट अाकस्मिक सेवा सञ्चालन गर्न अपील गरेको छ। अनसन थालेको १९ दिनसम्म पनि डा. केसीका माग पूरा गर्न सरकारले तदारुकता नदेखाएको संघको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले दसौं सत्याग्रह थालेका हुन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने चार पाँच वर्षयताको थिति तोडेर त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागेका छन्।

वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाल डिन नियुक्त हुनुपर्ने हो। राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। तीन महिनामात्र सेवाअवधि भएका सिंहलाई नियुक्ति राजनीतिक स्वार्थलक्षित रहेको केसीको भनाइ छ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्