27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:54

TRENDING .

स्थानीय पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदन प्रति चितवनमा पनि विरोध

- Advertisement -

चितवन, मंसिर १६, अनिल ढकाल, स्थानीय तह पुर्नसंरचनाले गर्दा जताततै विरोध हुन थालेपछि चितवन पनि विवादित बनेको छ ।

नेपाली काँग्रेस चितवनले पत्रकार सम्मेलन गरि स्थानीय पुर्नसंरचना आयोग चितवनले बुझाएको प्रतिवेदन प्रति ध्यानाकर्षण जनाउँदै तत्काल सच्याउन माग गरेको छ । साथै उसले १० वटा स्थानीय निकायको खाका समेत पेश गरेको छ ।
काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आयोगले पूर्वाग्राही रुपमा चितवनमा स्थानीय निकायमा निर्णय लाद्न खोजेको भन्दै त्यसको विरोध गर्नुभयो ।

उहाँले विगतमा राजनीतिक दलहरुको सर्वसम्मत निर्णयलाई लत्याउँदै आफ्नै निर्णयललाई लागु गराउन खोजेको भन्दै आयोग तत्काल सच्चिनुपर्ने बताउनुभयो ।

काँग्रेसले आज पत्रकार सम्मेलन मार्फत फेरी दुई गाउँपालिकासहित १० वटा स्थानीय निकाय कायम गर्न माग गरेको छ । काँग्रेसले भरतपुर उपमहानगरपालिका, माडी नगरपालिका, नारायणी नगरपालिका, चित्रवन नगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकालाई यथावत राख्दै साविक लोथर, कोराक, सिद्धी र काउले गाविस मिलाई एक गाउँपालिका, साविक दारेचोक, चण्डीभञ्ज्याङ, कविलास र दाहखानी मिलाई एक गाउँपालिका बनाउन माग गरेको छ ।

काँग्रेस सभापति श्रेष्ठले अन्य दलहरुसंग पनि यस विषयमा अनौपचारिक छलफल गरेको भन्दै अहिलेको प्रस्ताव जिल्लाका लागि उपयुक्त हुने दावी गर्नुभयो । स्थानीय पुर्नसंरचना अयोगले पछिल्लो समय जिल्लामा पाँच वटा स्थानीय तह निर्धारण गरि केन्द्रीय आयोगमा प्रतिवेदन बुझाएको थियो ।

यसअघि ६ या ७ प्रदेशको खाका बुझाउँदा नारायणी नगरपालिका र चित्रवन नगरपालिकाबासी बिरोधमा उत्रिएका थिए । त्यसपछि केन्द्रीय आयोगबाट पुनः फिर्ता भई नयाँ पुनंसंरचना गर्न केन्द्रले सुझाएको थियो । जसअनुसार केही दिनअघि मात्रै पाँच स्थानीय तहको खाका पेश भएको थियो ।

ठोरीलाई चितवनको माडीमा गाभ्न माग

नेपाली काँग्रेसले पर्सा जिल्लाको ठोरी गाविसलाई चितवनमा गाभ्न माग गरेको छ । ठोरीबासीहरु चितवन जिल्लामा समावेश हुन इच्छा जाहेर गरेको भन्दै चितवनको माडी नगरपालिकामा गाभ्न माग गरेको हो । यसरी पुर्नसंरचना गर्दा प्रदेश नम्बर ३ को भारतीय नाकासम्म पुग्ने एक मात्र मार्ग समेत ठोरी हुने भएकोले चितवनामा गाभ्न माग गरेको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्