24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

गर्भाधान रोक्ने आयो अन्य उपाय पनि.. जानिरख्नुहोस के के हुन्

- Advertisement -Flowers in Chania

पछिल्लो समय व्यस्त जीवनशैली र एकल परिवारको सोच बढ्दै जाँदा संसारभरि नै बालबालिका जन्माउने क्रम सुस्त हुन थालेको छ । अधिकांश महिला सन्तान जन्माउने ‘झन्झट’बाट जोगिन चाहिरहेका छन् । सन्तानको साटो आफूले गरिरहेको काम र रुचाइरहेको स्वतन्त्रता उनीहरुलाई रुचिरहेको छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो यौनजीवनपछि अवाञ्छित गर्भ रोक्न गर्भनिरोधक गोलीको सहारा लिनु उचित र सजिलो मान्ने गरेका छन् ।

यी गोलीले अनुहारमा निस्कने स–साना बिमिरा र मासिक धर्मका बेला हुने पीडाबाट थोरै राहत पनि पाउने गरेका छन् तर यो पनि हरेक दिन प्रयोग गर्नुलाई उचित ठानिदैन । डेनमार्कमा एउटा समूहले गरेको शोधअनुसार गर्भ निरोधक औषधिको अत्यधिक प्रयोगले महिलालाई डिप्रेसनमा लैजान सक्ने सम्भावना देखाएको छ । केही विशेषज्ञ भने गर्भनिरोधक औषधिको साटो सजिलो तरिका उपयोग गर्दा नचाहेको गर्भलाई निरोध गर्न सकिने बताएका छन् ।

फर्टिलिटी एप

हिजोआज स्मार्ट फोनमा पाइने फर्टिलिटी एपमार्फत् तपाईंले आफ्नो महिनाबारीबारे सहज जानकारी राख्न सक्नुहुन्छ । तपाईंले आफ्नो तापक्रम कति छ र कुन अवस्थामा छ भन्ने जानकारी दिनुभयो भने ३० सेकेन्डमा नै तपाईंको शरीरले गर्भाधान गर्न सक्छ कि सक्तैन भन्ने जानकारी दिन्छ । यस्तो अवस्थामा तपाईंको शरीरले गर्भाधान गर्न सक्ने देखायो भने त्यो बेला यौन सम्बन्ध राख्ने या नराख्ने या राखे पनि कन्डम प्रयोग गर्ने÷नगर्ने निर्णय लिन सजिलो हुने पत्रकार हली ग्रिगस्पेल बताउँछिन् । हलीको पुस्तक ‘स्विटनिङ द पिल’मा यसबारे विस्तारपूर्वक बताइएको छ । उनले गर्भनिरोधमा हार्मोनको भूमिकामाथि वर्षौं अध्ययन गरेकी छन् ।

नयाँ पिल

दुई किसिमका गर्भनिरोधक औषधि हुन्छन् । एउटामा एस्ट्रोजेन र प्राजेस्टेरोन दुवै किसिमका हार्मोन हुन्छ । यी दुवै हार्मोन महिलाहरुमा पाइन्छन् तर यसको मात्रा बढेपछि अण्डाशयबाट अण्डाणुहरु निस्कन रोकिन्छन् । जो महिलामा उच्च रक्तचाप र मोटोपनको समस्या हुन्छ ती महिलाहरु एस्ट्रोजेन लिन सक्तैनन् । त्यसैले नयाँ किसिमको पिलमा प्रोजेस्टेरोन मात्र हुन्छ, जसलाई ‘मिनी पिल’ भनिन्छ । यी दुवै पिल ९९ प्रतिशत प्रभावकारी हुन्छन् । फ्याकल्टी अफ सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थकेयरकी सहायक निर्देशक डाक्टर सारा हार्डम्यान भन्छिन्, ‘एउटा हार्मोनका कारण कुनै साइड इफेक्ट भयो भने अर्को हार्मोनमा पनि त्यस्तै हुन्छ भन्ने छैन । त्यसैले एउटा पिलले काम गरेन भने अर्को प्रयोग गर्न सकिन्छ ।

पुरुषका लागि पिल

महिलाका लागि गर्भनिरोधक औषधि जति पुरानो छ उति नै पुरुषहरुका लागि बनाइएका औषधि पनि छन् तर साइड इफेक्ट र लगानीको कमीका कारण पुरुषका लागि बनाइएका पिलले उति लोकप्रियता कमाउन सकेको छैन । युनिभर्सिटी अफ वोल्भरहेम्प्टनका शोधकर्ताहरुको आशा छ, उनीहरुले बनाएको फर्मूलाले अबका दिनमा पुरुष गर्भनिरोधक औषधिले गज्जबको काम गर्नेछ । उनीहरुले एउटा विशेष किसिमको प्रोटिन विकसित गरेका छन्, जसले शुक्राणुको गति सुस्त पारिदिन्छ । यसलाई पिल, स्पे या क्रिमका रुपमा पनि प्रयोग गर्न सकिन्छ । यौन सम्बन्धको केही घण्टा पहिले पुरुषहरुले यसको प्रयोग गर्नुपर्ने हुन्छ ।

पुरुषका लागि सुई

पुरुषहरुका लागि बनाइएको गर्भनिरोधक इन्जेक्सन गर्भ रोक्न ९६ प्रतिशत प्रभावकारी हुने देखिएको शोधमा संलग्न चिकित्सकहरुले बताएका छन् । २ सय ७० जना पुरुषहरुमाथि परीक्षण गरिएको थियो । उनीहरुलाई दुई वटा हार्मोनको सुई हरेक आठ हप्तामा दिइएको थियो । एउटा प्रोजेस्टेरोनको र अर्को चाहिँ टेस्टोस्टेरोनको ।
६ महिनासम्म उनीहरुमाथि गहन अध्ययनपछि के पाइयो भने उनीहरुभित्र शुक्राणुहरुको संख्या १० लाखभन्दा कम भएको थियो तर यो औषधिको प्रयोगपछि अनुहारभरि बिमिरा निस्कने, बढी रिसाउने लगायतका समस्या देखिएको थियो । यसपछि भने शोध रोक्नुपर्ने परेको थियो ।
शोधकर्ताहरुले यसमाथि अझ गहन अध्ययन र शोध आवश्यक भएकाले निकट भविष्यमा नै यसबारे अझ प्रभावकारी औषधि, सुई वा अन्य उपाय निस्कन सक्ने बताएका छन् ।
बिबिसीबाट

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्