24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

जुवामा ३९ लाख हारेर फरार गाविस सचिवद्वारा थप २६ लाख हिनामिना गरेको खुलासा

- Advertisement -Flowers in Chania

मङ्सिर-१४, डोटी, सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम जुवामा हारेर फरार भएका भनिएका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले थप रकम पनि हिनामिना गरेको आरोप लागेको छ । स्थानीय विकास अधिकारी कृष्ण गौतमका अनुसार तिहारको लक्ष्मीपूजाका दिन जुवामा सो रकम हारेपछि उनी बेपत्ता छन् । sachib-singh
गाविससचिव सिंहले तिहारअघि सामाजिक सुरक्षा वितरणका लागि डोटीको पोखरी गाविसको २४ लाख ९४ हजार चार सय र जिजौडामाडौंको १४ लाख ६ हजार गरी ३९ लाख रुपैयाँ बुझेका थिए । सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए ।
पुँजीगत तर्फको थप २६ लाख हरायो
सिंहले पुँजीगत तर्फको थप २६ लाख रुपैँया बैंक खाताबाट झिकेको पाइएको छ । जिजोडामाण्डौं र पोखरी गाबिसको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाताबाट उनले पुजिँगत तर्फको २६ लाख सहित ६५ लाख रुपैँया हिनामिना गरेको पाइएको हो । हिनामिना गरेको ३९ लाख जुवामा हारेको रकम हो जुन रकम उनले सामाजिक सुरक्षा भत्ता वितरणका लागि भुक्तानी लिएका थिए ।
पुजिँगत तर्फ जिजोडामाण्डौंको १३ लाख ५९ हजार ९ सय ६५ रुपैँया र पोखरीको ११ लाख ६१ हजार चार सय रुपैँया गाबिस सचिबले पुजिगत खाताबाट झिकेका हुन् ।
गाविसको खातामा ४६ रुपैँया ६७ पैँसा !
जिजोडामाण्डौंको खाताबाट असोज २८ गते ७ लाख ५० हजार बैँकबाट आफ्नै नाममा भुक्तानी लिएको देखिन्छ । त्यसैगरी बिभिन्न समयमा गरी सचिब सिंहले १३ लाख रुपैँया झिकेको बैँक स्टेटमेन्टमा देखिएको जिल्ला बिकास समिति डोटीले जानकारी दिएको छ । जिजोडामाण्डौंको अहिले खातामा ४६ रुपैँया ६७ पैँसा मात्रै बाँकी रहेको छ ।
पोखरी गाबिसको खाताबाट अजोज १६ गते एक लाख, १७ गते २ लाख ६१ हजार ४ सय, २० गते ५ लाख र सोही महिनाको ३० गते ३ लाख रुपैँया पजिँगत खाताको रकम कैलालीका बाणिज्य बैंबाट भुक्तानी लिएको देखिएको जिल्ला बिकास समिति डोटीका आन्तरिक लेखा परीक्षक तथा छानविन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिए ।
दुबै गाबिसको छानबिनका लागी जिल्ला बिकास समितिले ३ सदस्यीय समिति गठन गरेको स्थानीय बिकास अधिकारी गौतमले जानकारी दिए ।
गौतमले भने ‘ ३ सदस्यीय छानविन टोली गठन भएको छ , प्रशासनिक कार्य सञ्चालनका लागी दुई गाबिस सचिबलाई जिम्मेवारी दिएका छांै । सबै पक्रीया अघि बढेको छ ।’

बैंकले नै नियम मिचेको पाइयो
राष्ट्रिय बाणिज्य बैंकले गाबिसको पुजिँगत खाताबाट नियम बिपरित भुक्तानी दिएको बताइएको छ । स्थानीय स्वायत्त शासन आर्थिक प्रशासन नियमावली २०६४ र स्थानीय निकाय सञ्चालन कार्यबिधी २०६९ अनुसार स्थानीय निकायको पुजिँगत खाताबाट ५० हजार भन्दा बढी रकम ब्यक्तीको नाममा भुक्तानी दिन नमिल्ने भए पनि राष्ट्रिय बाणिज्य बैँक धनगढी र अत्तरिया शाखाले ७ लाख ५० हजार सम्मका चेक गाबिस सचिब ईश्वर बहादुर सिंहकै नाममा भुक्तानी दिएको छ ।

५० हजार भन्दा बाँकी रकम उपभोक्ता समितिको बैंक खातामा मात्र भुक्तानी गर्नु पर्ने प्रावधान बैंकले उलंघन गर्दै सचिब सिंहको नाममा भुक्तानी दिएको हो ।
सरकारी कारोवार नगर्ने बैंक भएकाले आफुले पुजिँगत र चालु खाताको जानकारी नभएको राष्ट्रिय बाणिज्य बैंक धनगढी शाखाका प्रबन्धक चेतराज भट्टले बताए ।

प्रबन्धक भट्टले भने ‘एबिबिएस सेवा भएका कारण हस्ताक्षर मिलेको चेक लिएर आएमा भुक्तानी दिनु पर्ने हुन्छ, ५० हजार भन्दा बढी भुक्तानी ब्यक्तीको नाममा दिन नहुने भनेर सिस्टममा कतै हुँदैन ।’ प्रबन्धक भट्टले थपे ‘ के गर्ने के नगर्ने भनेर सचिब स्वयमले सोच्नु पर्ने हो । हस्ताक्षर गर्ने दुबै जनाले हस्ताक्षर गरेर चेक पठाएका छन्, भुक्तानी दिनै पर्ने हुन्छ ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्