24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

बुलिङटारमा जीप दुर्घटना हुदा सात जनाको मृत्यु

- Advertisement -Flowers in Chania

कावासोती १२ मंसिर ।  नवलपरासीको पहाडी गाविस बुलिङटार— ८ बतासामामा  गएराति   जीप दुर्घटना  हुदा  सात जनाको मृत्यु भएको  छ । १८ जना घाइते भएका छन्  ।

प्रहरी चौकी बुलिङटारका अनुसारका  दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै  गरेको  ग  १ ज  ३६३२ नम्बरको  जीप दुर्घटना हुदा  डाँडाँझेरी छरछरेका २८ बर्षीय समन्ती बाचे,  ५२ बर्षका खिम बहादुर बाचे, ४२ बर्षका लोकबहादुर बाचे, २२ बर्षका दीपक फाल, ४० बर्षकका जयबहादुर बाचे, ४९ बर्षका र रेश वहादुर बाचे  र किशन बाचेको मृत्यु भएको  छ  ।

बुलिङटार चौकीमा गाउँको झगडा बिषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका  हुन्  । मान्छेको भीडमा जीपले ठक्कर दिदा धेरै जना घाईते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले  गरेको  छ । जीप सडकबाट करिब दुईसय मिटर तल खसेको  छ  ।

पहाडी भू  भाग भएकाले  दुर्घटना लगतै  घाईतेहरुको उद्धार गर्न कठिनाई  भएको  छ  । आज विहान मात्र घाइतेहरुलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याईएको  छ  । मृतकहरुलाई  पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य  केन्द्र  दुम्कौलीमा राखिएको  छ ।

एउटै गाउँका मान्छेहरु दुर्घटना परी  ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको  छ  । मृत्यु हुने र घाइतेहुने  गरी गाउँका  अधिकांश घरमा मान्छेहरु दुर्घटनामा परेका छन्  । जीप चालक समेत गम्भीर घाईते भएका छन्  । दुर्घटना स्थल  पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ  ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्