24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

चितवन माडीको बाटोमा मन्त्री पाण्डेको मनपरी,सांसद विकास कोषको पैसा आफ्नै कन्स्ट्रक्सनलाई, अख्तियारले झिकायो फाइल

- Advertisement -Flowers in Chania

३ मंसिर, चितवन । कन्स्ट्रक्सनको पैसाले अमेरिकामा घर बनाएको सगर्व घोषणा गर्ने भूमिसुधार मन्त्री विक्रम पाण्डेले विकास आयोजनाहरुमा कसरी जनतालाई उल्लु बनाएर राज्यकोषको दुरुपयोग गरिरहेका छन्  । चितवनको माडीमा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सनले निर्माण गरेको पीचको अधिकांश स्थानमा खाली देखिन्छ । माडीको रिउखोलादेखि रिमालखोलासम्म १२ किलोमिटर सडक पाण्डेको निर्माण कम्पनी कालिकाले निर्माण गरेको हो । यो सडकको दुरावस्थाबारे अख्तियारले समेत छानविन थालेको छ ।

तर, निर्माण पूरा भएको दुई वर्ष पनि पूरा नहुँदै पीच जतासुकै उप्किएको छ । सबैभन्दा बढी गर्दी क्षेत्रको पीच भत्किएको छ । यो पीचको चौडाइ जम्मा ३ मिटर मात्रै छ । जब कि सडकको एक लेनका लागि कम्तिमा पनि ३.५ मिटर चौडाइ हुनुपर्दछ ।

सडक पीच गर्ने ठेकेदार पक्षले जिविस तथा सडक विभागलाई नाममात्रैको काम गरेर सडक हस्तान्तरण गरेका थिए । सडक हस्तान्तरण गरेलगत्तै पीच भत्किन सुरु भए पनि हालसम्म मर्मत हुन सकेको छैन । मन्त्री पाण्डे आफैं सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रालिले निर्माण गरेको १२ किलोमिटर सडकमध्ये वनकट्टा, गर्दी, चिरौलीलगायतका क्षेत्रमा पीचको नाम निशानै छैन

गर्दी–बरुवा–चिरौली लगायतका क्षेत्रका स्थानीयले बाटो बिग्रिएकोमा दुखेसो पोखेका छन् । उनीहरु बाटो हिँड्नै सास्ती परिरहेको बताउँछन् । विकास बजेटजति ठेकेदारको पोल्टामा परेको र काम राम्रोसँग नहुँदा जनताले दुःख पाएको उनीहरु बताउँछन् ।

मन्त्री पाण्डे आफैं सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रालिले निर्माण गरेको १२ किलोमिटर सडकमध्ये वनकट्टा, गर्दी, चिरौलीलगायतका क्षेत्रमा पीचको नाम निशानै छैन ।

जिल्ला विकास समिति मार्फत माडीको २४ किलोमिटर सडकखण्डलाई चार खण्डमा विभाजन गरी निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो । यसबो चार खण्डमध्ये दुई खण्ड १२ किलोमिटर कालिका कन्स्ट्रक्सन प्रालिले र बाँकी २ खण्ड ६÷६ किलोमिटरका दरले धनथान कन्र्सटक्सन प्रालि र  धादिङको एक निर्माण कम्पनीलाई दिइएको थियो ।

पाण्डे अध्यक्ष रहेको कन्सट्रक्सनले माडीको रिउको पुलदेखि १२ किलोमिटर रिमाल खोलासम्म ठेक्का पाएको थियो । रिउको पुलदेखि झण्डै २ सय मिटर सडक पिच गरिएको छैन । तर, उनको कन्र्सटक्सनले त्यसलाई पनि १२ किलोमिटरभित्र नै हालेर रकम लिएको र चिरौली खोलामा समेत निर्माण गर्ने भनिएको पुल निर्माण नगर्दा पिच भत्किएको स्थानीय बताउँछन् ।  कन्ट्रक्सन को पैसाले अमेरिकामा घर किनेको गर्व बताउने मन्त्री पाण्डेले बाटोको ठेक्का लिने र राम्रो बाम नगरी पैसा पचाउने काम चितवनमा मात्रै होइन, देशैभरि गर्दै आएका छन् ।

पाण्डेको ठेकेदार कम्पनीले बनाएको माडीमा एकोहोरो गाडी गुडाउनै मुस्किल हुने पिचमा दोहोरो सवारी गुड्ने सम्भावना छैन । कतिपय स्थानमा खोलाको उचित व्यवस्थापन नै नगरी पिच निर्माण गर्दा बगाएको छ भने, कतिपय स्थानमा पिच नै उप्किएर ठूला ठूला खाडलहरु बनेका छन् । यसले गर्दा दुर्घटनाको जोखिम निकै बढेको छ ।

ग्रामीण पुनर्निर्माण तथा पुर्नस्थापना क्षेत्रगत बिकास कार्यक्रम अन्र्तगत एशियाली बिकास बैंकको सहयोगमा ४ करोड २५ लाखको लागतमा माडीमा कालोपत्रे गरिएको हो ।

माडी पीचको फाइल अख्तियारमा

माडीको २४ किलोमिटर सडकखण्ड पिचमा अनियमितता र गुणस्तरहीन कार्य गरेको भन्दै उजुरी परेपछि अख्तियारले निर्माण प्रकृयाका सबै फाइल लगेको छ ।

गएको भाद्र १५ गते अख्तियारले जिविस चितवनमा रहेको जिल्ला प्राविधिक कार्यालयबाट सबै प्रकृयाको सक्कल कपी सहितको फाइल लगेको कार्यालयका इन्जिनियर बीरेन्द्र चौधरीले जानकारी दिए ।

जिविसको रेकर्ड अनुसार गत भदौ १५ गते चलानी नम्बर ४५८ को पत्र अख्तियारको कोठा नम्बर ४११ मा पठाइएको छ । अख्तियारको ४११ नम्बर कोठामा इजाजत छानबिन इकाइ छ ।

जिविस स्रोतका अनुसार निर्माण कार्यमा अनियमितता भएको भन्दै मुद्दा चलाउने तयारी भैरहेको छ ।

सांसद विकास कोषको पैसा पनि आफ्नै कन्सट्रक्सनलाई

अमेरिकाको मेरील्याण्डमा घर बनाएका मन्त्रीले पाण्डे चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । सांसद बिकास कोष मार्फत आउने ३ करोड ५० लाख रकमबाट पूँजिगत निर्माणमा लगाउने रकम आफ्नै कालिका कन्सट्रक्सन प्रालिद्वारा गराउँदै आएका छन् ।

स्थानीय उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुसँग साँठगाठ गरी पाण्डेले आफ्नै निर्माण कम्पनी मार्फत काम गरी सांसद बिकास कोषको पैसा घुमाएर आफैलाई आउने वातावरण निर्माण गरेको माडीका युवा नेता रामप्रसाद न्यापानेको भनाइ छ ।

पाण्डेले कालिका कन्र्सटक्सन मार्फत सरकारसँग तथा स्थानीय निकायसँग ठेक्का लिने र त्यसलाई आफूले निर्माण गरेको भनेर जनतामा ब्यापक भ्रम सिर्जना गर्ने काम गर्दै आएका छन् । उनले यसमा नै आफ्नो राजनीतिको रोटी सेकाएका छन् । मन्त्री पाण्डे स्थानीय कालिका एफएमका अध्यक्ष एवं प्रवन्ध निर्देशकसमेत हुन् ।

कालिका एफएम र कालिका टिभी सञ्चालन गरेका पाण्डेले तिनको चरम दुरुपयोग गरेर सरकारसँग ठेक्का लिएर निर्माण गरेका कामहरु समेत आफुले निर्माण गरेको हो भन्दै ब्यापक प्रचार–प्रसार गर्दै आएका छन् ।

चाडपर्वका बेला पहिला राजामहाराजाको जस्तै जनताका नाममा सन्देश दिने पाण्डेले बरिष्ठ समाजसेवीको स्वघोषित उपाधि समेत लगाएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्