27 C
Kathmandu
Tuesday, August 11, 2020
2020 Aug 11, Tuesday 03:10

TRENDING .

ज्यान मारेको आरोपमा दुईजना युवा पक्राउ

- Advertisement -
रोल्पा, मङ्सिर-१, इलाका प्रहरी कार्यालय, सुलिचौर, रोल्पाले ज्यान मारेको आरोपमा दुईजना रोल्पाली युवालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन् । कात्तिक २६ गते मिझिङ–२ कझिङ, रोल्पामा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।  पैसाको मोहमा परी उनीहरुले नै सुवेदीको ज्यान लिएको हुनसक्ने इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका प्रहरी निरीक्षक शशीधर अधिकारीले आज जानकारी दिनुभयो ।
उहाँका अनुसार ती तीनजना युवा करिब छ महिना पहिले रोजगारीको लागि सँगै भारतकोे सिमला पुगेका थिए । कात्तिक २१ गते उनीहरु भारतबाट पुनः सँगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशङ्का गरेको छ ।
प्रनि अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्या गरी घर गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ भने अभियुक्त दीपक सुवेदीबाट भारु ३० हजार बरामद समेत गरेको छ । हालै पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी नाताले एकै परिवारका काका भतिज भएको बुझिएको छ । रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्