27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 07:32

TRENDING .

नवलपुर क्षेत्रमा पत्रकारको लागि सूचना केन्द्र खोल्न माग

- Advertisement -

नवलपरासी, २०७३ कार्तिक १४- नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा पत्रकारहरुको लागि सूचना केन्द्रको स्थापना गर्न माग गरिएको छ । परासी क्षेत्रमा महासंघको कार्यालय रहेको र यहाँका पत्रकारहरुले उक्त कार्यालयबाट सोचे जस्तो सूचना तथा अन्य सुविधाहरु प्राप्त गर्न असहज भएको भन्र्दै छुट्टै सूचना केन्द्र खोल्न यहाँका कृयाशील पत्रकारहरुले सुझाव दिएका हुन् । नेपाल प्रेस युनियन नवलपरासी शाखाले कावासोतीको देवचुली टेलिभिजनको सभा हलमा तिहार छट र ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नवलपुर क्षेत्रमा छुट्टै महासंघको शाखा खोल्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव केबी रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा युनियनको पूर्व केन्द्रीय सदस्य भूमी चापागाई, नेपाल पत्रकार महासंघका पूर्व सभापति होमराज रानाभाट, महासंघका संस्थापक अध्यक्ष भूपेन्द्र शर्मा भट्राई, प्रेस चौतारी नेपालका जिल्ला सचिव सागर पोख्रेल, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद पंगेनी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष सालिकराम काईराला लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रमलाई संबोदन गर्दै प्रमुख अतिथि रानाले नवलपुर क्षेत्रमा छुट्टै शाखा खोल्नको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै अन्य बक्ताहरुले पत्रकारीता क्षेत्रलाई मर्यादित बनाउनु पर्ने र त्यसको अगुवाई महासंघले लिनुपर्नेमा जोड दिएका छन् । युनियनका जिल्ला अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षता रहेको शुभकामना आदान प्रदान कार्यक्रममा मध्यबिन्दु एफएमका कार्यकारी निर्देशक रमेश बस्ताकोटीको स्वागत मन्तब्य र युनियनका सचिव नवीन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्