27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:43

TRENDING .

१० दिने महोत्सव गरी देवचुली टेलिभिजनले आठौं बार्षिक उत्सव मनाउँदै

- Advertisement -
कात्र्तिक २५ देखि मंसिर ४ गते सम्म हुने प्रथम देवचुली महोत्सवको तयारीले तीव्रता पाएको छ । देवचुली टेलिभिजनको आफ्नो आठांै बार्षिक उत्सवको अवसरमा बृहत रुपमा १० दिने महोत्सव गरी मनाउन लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । महोत्सवको तयारीको लागि अहिले विभिन्न समितिहरु गठन गरी कामहरु  अगाडी बढेको तथा महोत्सव पूर्ण भब्य र सफल बनाउन लागि परेको टेलिभिजनका अध्यक्ष केबी रानाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रानाले मेलामा कुनै पनि पैसा कमाउने उदेश्य नरहेको बताउँदै, जे जति रकम महोत्सव गर्दा बाँकी रहन्छ उक्त रकम समाजकै हितको लागि खर्च गर्ने प्रतिबद्धता जनाए । महोत्सवको अबधिमा विभिन्न जात जातिको कला संस्कृति संरक्षणको लागि करिव ७ लाख रुपैयाँको सामाग्री हस्तान्तरण उनले जानकारी गराए । २ सय ५० वटा स्टलहरु रहने महोत्सवमा २ सय स्टलहरु बुकिङ्ग भईसकेको छ ।
रानाले भने, गाउँबाट संचालनमा आएको टेलिभिजनले बार्षिक उत्सव महोत्सव गरी मनाउन थालेको छ, सबैको साथ र सहयोग चाहिन्छ, यो जिल्लाकै गौरवको विषय हो । गाउँबाट संचालन गरेको टिभीले अहिले सम्म राष्ट्रिय स्तरमा समेत आफ्नो भूमिकालाई परिचित गराउन उत्सवको रुपमा मनाउन लागेको हो ।
अहिले मुख्य रुपमा प्रचार प्रसारको कार्यले तिब्रता पाएको छ । अहिले नवलपरासी लगाएतका आसपासका जिल्लाहरुमा प्रचारको कार्य अगाडी बढेको छ । संचार माध्यमबाट बिज्ञापन र सूचना प्रसारण, पर्चा पम्पप्लेट, माईकिङ्ग गरिएको छ । अहिले महोत्सवको तयारीले जिल्लामा रौनकता थपेको देखिन्छ ।
संस्कृति संरक्षण पर्यटनका आधार, सम्बृद्ध राष्ट्रका लागि कृषि तथा उद्योग  व्यापार भन्ने नारा सहित कावासोतीको थाना चोक पछाडी रहेको कावासोती खेल मैदानमा महोत्सव हुनेछ । महोत्सवको करिव डेढ लाख सर्वसाधरणले अबलोकन गर्न महोत्सव स्थलमा पुग्ने आयोजकले जानकारी दिएको छ । महोत्सव बारे देश तथा विदेशमा रहेका करिव ६० लाख मानिसहरुले जानकारी प्राप्त गर्ने छन् ।
महोत्सवमा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी,  मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झाँकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुनेछ । यस्तै मिस देवचुली एम्बेस्टर प्रतियोगिता, डान्स आईडल, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान र चर्चित कलाकारहरुको विशेष सास्कृतिक प्रस्तुती सहित बाल उद्यान र मनोरञ्जनका स्टलहरु मुख्य आर्कषणको रुपमा रहेका छन् ।
महोत्सवमा युवाहरुलाई उद्यमशील बनाउनको लागि बिशेष अभियानको थालनी गर्ने र उद्ययमशील विभिन्न बिधाका व्याक्तिहरुलाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । यस्तै महोत्सव स्थलमा आँखा, दात, प्राकृतिक चिकित्सा, अन्य निशुल्क स्वास्थ्य शिविर संचालन गरिनेछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्