27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:32

TRENDING .

सुनवलमा तेस्रो पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको तयारी

- Advertisement -

परासी, ९ कात्तिक- नवलपरासीको सुनवलमा तेस्रो पश्चिमाञ्चल स्तरीय नवलपरासी औद्योगिक व्यापार मेला २०७३ को आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुने व्यापार मेला मंसिर २३ देखि पुस ३ गतेसम्म सञ्चालन हुने छ ।
मेला बारे जानकारी दिन सोमबार परासीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भरत थापाले नवलपरासीमा रहेका उद्योग, पर्यटन र आर्थिक संभावनालाई उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा प्रचारप्रसार गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिए । ‘एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन कार्यक्रम’लाई कृषि पर्यटनको रुपमा विकास गराउने उत्साहमा बृद्धि गर्नु मेलाको प्रमुख ध्यये रहेको अध्यक्ष थापाले बताए ।संघका महासचिव गिरिराज पाण्डेयले मेलामा तीन सय स्टल रहने जानकारी दिए ।  करिब सात करोड आर्थिक कारोबार हुने अनुमान गरिएको मेलामा तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको पाण्डेयले बताए ।
मेलामा तयारी पोशाक, जुत्ता छाला तथा छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, अटोमोबाईल, सेनेटरी वेयर, कृषि औजार तथा सामाग्रीहरु, कृषि उत्पादनहरु, पर्यटन तथा सूचना केन्द्र एवम् प्रबद्र्धन र सूचना प्रविधिका स्टलहरु रहने छन् ।
उवासंघका ५ सदस्य मनोनित
परासी– उद्योग वाणिज्य संघ नवलपरासीले पाँच सदस्य मनोनित गरेको छ ।संघको विधानअनुसार तीन जना व्यवसायी र दुई जना औद्योगिक प्रतिष्ठानलाई सदस्यमा राख्नु पर्ने प्रावधानअनुसार मनोनित गरिएको हो । संघका अध्यक्ष भरत थापाको अध्यक्षतामा सम्पन्न बैठकले व्यवसायीहरुको तर्फबाट शिवकुमार खड्का,निर्मला अग्रहरी र रामकुमार गुप्तालाई मनोनित गरेको हो । प्रतिष्ठाकोतर्फबाट सर्वोत्तम सिमेन्ट र किसान पाईप जिमेरेभारलाई मनोनित गरेको हो । मनोनितसँगै संघको जिल्ला समिति २३ पुगेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्