27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:05

TRENDING .

फोहर तत्काल व्यवस्थापन गर्ने विषयमा १६ ओटै नगरस्तरीय राजनीतिक दलका प्रतिनिधी एकजुट

- Advertisement -

तिर्थ राज भुसाल

कार्तिक ८ -कावासोती नगरपालीकाको फोहर तत्काल व्यवस्थापन गर्ने विषयमा कावसासोती नगरपालीकाका १६  ओटै नगरस्तरीय राजनीतिक दलका प्रतिनिधी एकजुट भएका छन् । ७ महिना देखी फोहर नउठ्दा आलोचित वनेको राजनीतिक दल अव भने फोहर उठाउने विषयमा पछी नहटनेमा एक जुट भएका हुन । ७ महिना देखी नउठेको फोहर वाडा वाडावाटै उठाउने यस अघिको सर्वदलिय संयन्त्रको निर्णय अनुरुप शनिवार वाट वडा नं.८को फोहर उठ्न थालेको केहि घण्टामै सेक्टर वन कार्यलयले फोहर फाल्न रोके पछी आइतवार कावसोती नगरपालीकाको सर्वदलिय संम्यन्त्रको आकश्मिक वैठक वसको हो । वैठकले फोहर फाल्ने विषयमा सवै दल एक जुट भएर जाने निष्कर्ष निकालेको छ । कावसोती नगरपालीकाका कार्यकारी अधिकृत हरीलाल पुरी सहितको वैठकमा वडा नगरीक मञ्चका प्रतिनिधि सहित कावासोती नगरपालीका वडा न.८ फोहर व्यवस्थापन समितिका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।विहान ११ वजे कावसोती नगरपालीकाको कार्यलयमा वसेको सर्वदलिय वैठक पछी इलाका प्रशासन कार्यलयका प्रमुख पिताम्वर घिमिरको पहलमा, सेक्कटर वनकार्यल कावसोतीका प्रमुख कृष्ण देवकोटा सहित राजनीतिकदल सहित वडाका प्रतिनिधि पनि छलफलमा वसेका थिए । छलफलमा छोटो समयकोलागी फोहर फाल्न दिने विषयमा सकारात्मक वातावरण सृजना भएको वैठकमा सहभागी नेपालीकांगे्रेसका कावासोती नगर सभापति मुकुन्द भट्राई वताउनु भयो । भट्राईले भने “ तत्कालकालागी प्रत्येक वडाको फोहर वडा नगारिक मञ्चको सहाजिकरणमा वडामै अल्पकालिन रुपमा व्यावस्थापन गर्ने र ३ महिना भित्र स्थायी ल्याण्ड फिल्ड साइडको व्यवस्थापन गर्ने विषयमा नगरपालीकास्तरीय दलका प्रतिनिधि खटिने छौ ” सात महिना देखी उठन नसकेको फोहर उठाउन नवलपुर एफ.एमले पटक पटक दवाव मुलक कार्यक्रम गर्दै आएको थियो । लामो समय देखी नउठेको फोहर स्थानीय ,व्यवसयि तथा आम संचारमाध्यामको दवाव पछी शनिवार कावासोती नगरपालीका वडा नं. ८को संयुक्त वडानागरिक मञ्चको पहलमा उठेको फोहर शनिवार केही समयमा उठ्न वन्द भएको थियो ।लामो समय पछि उठन थालेको फोहर पुनः रोकिए पछि कावोती नगरवासी भने निराश वनेका छन् ।

कसरी उठ्यो वडा नं. ८को फोहर ? किन रोक्यो सेक्टर वनकार्यलयले फोहर उठाउन ? भित्रि कथा (रिर्पोटिङ अनुभव)

लामो समय देखी फोहर नउठ्दा कावसोती दुर्घन्धित वन्दै गएको थियो । पटक पटक वसेका वैठकले फोहर फाल्ने ठाउँ निर्धारण गर्न नसके पछि फोहर नउठेको सात महिना वित्न लागेपछी नगरपालीकाका कार्यकारी अधिकृत ,नगरस्तरीय राजनीतिक दललाई फोहर उठाउन चौतर्फी दवाव थियो । स्थानीय नवलपुर एफ.एमले सार्वजनिक सुनुवाई, फोहर उठाउन दवावमूलक सार्वजनिक सुचना प्रत्येक विज्ञापनमै प्रसारण गरेको थियो भने आम नगरवासी आक्रोशित थिए ,नगरपालीकाको कार्यलय अगाडी फोहर फाल्ने चेतावनी समेत दिदै आएका थिए । लामो छलफल पछि पनि फोहर फाल्ने ठाउको टुङ्गो नलागेपछी राजनीतिक संयन्त्रले मध्यमार्गी वाटो रोज्यो वडाको फोहर वडामै अल्पकालीन रुपमा व्यवस्थापन गर्ने । विशेष गरेर कावसोती नगरपालीका वडा नं. ८,२,३,९,११,१६लगायत राजमार्ग क्षेत्रमा पर्ने र धेरै फोहर हुने ठाउँ भएकाले ती वडालाई विशेष ध्यान दिइयो तर व्यस्थपनकोलागी त्यती सहज भने थिएन । अरु वडा अलमलमा परेको वेलामा वडा नं. ८ मा भने वडा नागरिक मञ्चको सक्रियतामा मनकामना सामुदायिक वनलाई केहि समयकोलागी भनेर फोहर व्यस्थापनकोलागी आग्रह गर्यो र सामुदायिक वन र वाडानागरिक मञ्चले सेक्टर वन कार्यलय कावासोती लाई । तर कानुनी जटिलता अनी व्यव्हारिक रुपले पनि ल्याण्डफिल्ड साइडको व्यस्थापन गर्ने नसक्ने नगरपालीकालाई पटक पटक फोहर फाल्न दिदा दिदा आजित वनेको सेक्टर वनकार्यलय कुनै पनि हालतमा फोहर फाल्न नदिने मनस्थितिमा थियो ।यो अवस्थामा राजनीतिक दलकै प्रतिनिधिसहितको आग्रह र थप फोहर नगर्ने वडाको मात्र फोहरफाल्ने र खाल्टोको फोहरलाई वैज्ञानिक हिसावले व्यवस्थापन गर्ने प्रतिवद्धता पछि केही समय फोहर फाल्न दिने अनौपचारिक सहमति वन्यो ।(कानुनी हिसावले वन क्षेत्रमा फोहर फाल्न दिन मिल्दैन) त्यस पछि कावसोती नगरपालीको प्राविधिक सहयोग ( डोजर तथा कर्मचारी लागायतको व्यवस्थापनमा) कार्तिक ३ गते देखी मनकामना सामुदयिकवनमा यत्र तत्र छरिएका फोहर एकिृत गरिरे खाल्टोमा हाल्ने र सफा गर्ने कार्यको औपचारिक कार्यक्रमनै गरेर वडा नं. आठको फोहर व्यस्थापन शुरु भयो, जुन कार्यक्रममा नगरपालीकाका कार्यकारी अधिकृत,सेक्टर वनकार्यलयका प्रतिनिधि तथा आम संचारको समेत उपस्थिति रहेको थियो । त्यस पछि जंगलमा सरसफाई कार्य जारी रह्यो शनिवार वाडा न. आठको सवै भन्दा प्रदुषित वनेको राजमार्ग क्षेत्रको फोहर विहानवाट ट्रिपर उठाउन शुरु गरियो, वडा नं.८ वासी हर्षीत थिए,सामाजिक सञ्जालमा फोटो सहितका स्टास हरु पोष्ट भएका थिए ,वोराका वोरा फोहर घर,पसलवाट निकालेर चोक चोकमा थुपारेका थिए । कावसोती फलफुल चोकदेखी ट्राफिक कार्यलय सम्म पुग्दा करिव ९ ट्रक फोहर उठी सकेको थियो । प्रत्येक चोक वाट १÷१ ट्रक फोहर उठेका थिए । तर दिउसो करिव ३ वजे तीर नगरपालीकाको ट्रकमा फोहर फाल्न थाल्दा सेक्टर वन कार्यलयवाट खटिएका वन सुरक्षाकर्मीले माथिको आदेश भन्दै उठाएको फोहर खाल्टोमा फाल्न नदिए पछि फोहर वोकेको ट्रिपर फिर्ता भयो ? वडा नगरिक मञ्चका अध्यक्ष नारायणी शर्मा ,फोहर व्यवस्थापन समितिका संयोजक लिलाधर भट्राई ,प्रतिनिध कविराज थापा तत्काल फोहरफाल्ने स्थानमा पुगेर सम्झाउदा पनि फोहर फाल्न नदिए पछि निराश हुदै फर्कीए । तर प्रश्न, पहिला वनेको अनौपचारिक सहमती एका एक कसरी तोडियो त? उनी हरु अनु्त्तरित वने । शनिवारको दिन पनि त्यसरी वन सुरक्षा कर्मी खटाईनुलाई धेरैले आन्तरिक राजनीतिक दवावको रुपमा व्यख्या गरे ।तर त्यो दवाव को र कहाँवाट कसैले मुख फोर्न सकेनन । फोहरको ट्रिपर आउछ भनेर कुरेर वसेका नगरवासी फेरी निराश भए ….सात महिना देखी नउठेको फोहर एक चोटी भए पनि फाल्न पाउदा जिल्ला ट्राफिककार्यलय सम्मका वडा नं.८का नगरवासी दंग थिए भने अरुलाई हात्ति अयो हात्ति अयो फुस्स्स्सा…..

लेखक नवलपुर एफएम का प्रबन्ध निर्देशक हुनुहुन्छ

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्