27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:32

TRENDING .

चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन तयारी गरेको भन्दै संरक्षणकर्मी उत्रिए , बिज्ञप्ति सहित

- Advertisement -

चितवन, कार्तिक ४, वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालनको तयारी सुरु गरेको समाचार सार्वजनिक भएपछि संरक्षणका क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले आपत्ति जनाएका छन् । वन मन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा वनमन्त्री शंकर भण्डारीले निकुञ्जभित्र होटल खोल्ने तयारी गरेको कुरा बिहीबारका पत्रपत्रिकामा प्रकाशित भएको थियो ।

bigyapti-nikunjaजैविक विविधता सरोकार समाजमा आवद्ध संरक्षणकर्मीहरुले बिहीबार जारी गरेको प्रेश विज्ञप्तीमा निकुञ्जभित्र होटल सञ्चालनको विषय सर्वोच्च अदालतमा समेत पुगेको र विस २०६९ असारपछि निकुञ्जभित्र होटल चलाउने नीति नरहेको जवाफ सरकारले सर्वोच्चलाई दिएको उल्लेख छ । यस्तो अवस्थामा फेरि होटल सञ्चालनको सुरुवातमा लाग्नु दुखद भएको संरक्षणकर्मीहरुले बताएका छन् ।
निकुञ्जभित्रका होटल बन्द हुँदा चितवनको पर्यटन क्षेत्रमा कुनै प्रभाव नपरेको र संरक्षणमा गुणत्मक प्रभाव परेको हुँदा होटल खोल्ने सोच नराख्न सरकारसँग माग गरिएको छ । निकुञ्ज स्थापनाको मुख्य उद्देश्य दुर्लभ वन्यजन्तुको संरक्षण भएको हुँदा संरक्षणमा असर पर्ने भएका कारण भित्र होटल खोल्नु उपयुक्त नहुने समाजको धारणा रहेको छ ।

पर्यटनलाई प्रथामिकता दिएर निकुञ्जभित्र होटल खोल्दा स्थानीयसँग द्घन्द्घ बढ्ने अवस्था निम्तने समाजले बताएको छ । ‘निकुञ्जभित्रका स्रोत उपयोगमा स्थानीयलाई बन्देज लगाइएको छ । भित्रै होटल खोल्दा स्थानीयबीच द्घन्द्घ बढ्छ’ विज्ञप्तीमा उल्लेख छ bigyapti-nik-1

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्