24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

पहिलो पटक सार्बजनिक भाषण गर्दै पुर्ब राजा ज्ञानेन्द्रले यस्तो भने …

- Advertisement -Flowers in Chania

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् ।‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ,’ उनले अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै भने ।गणतन्त्र स्थापना पछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले अगाडि भने, ‘आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ । बहुजन हिताय, बहुजन सुखाय यो मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए । उनले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणा समेत राखे ।‘कहिले पराजित नभएको नेपाल कुनै बेला विश्व शान्ति सहिष्णुताको उपमा थियो भने आज हामी कुन अवस्थामा छौं भनि सोच्नै पर्ने बेला आएको छ,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘राज्यको समग्र परिस्थिति र राजनीतिक गतिविधिले बाह्य हस्तक्षेप बढेको छ । जनतामा छाएको चरम निराशा हाम्रा लागि अभिसाप भएका छन् । यस्तो अवस्था किन आयो भनेर नेपाली जनताले प्रश्न गर्नुपर्ने बेला आएको छ ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्