27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:15

TRENDING .

महाअभियोग दर्ता संगै निलम्बित लोकमानका बिषयको प्रस्तावमाथि संसदमा आजै छलफल हुने

- Advertisement -

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आजकै संसद बैठकमा पेश हुने भएको छ ।

सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले हस्ताक्षर गरेर बुधबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । र, संसद सचिवालयले यसको सूचना सबैतिर पठाएको छ । यस सँगै कार्की निलम्बित भइसकेका छन् ।

आज बिहीबारको संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । स्रोतका अनुसार बिहीबार संसदको दुई वटा बैठक बस्नेछ ।

पहिलो बैठकमा सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्नेछिन् भने दोस्रो बैठकमा छलफल हुनेछ । सभामुखको सचिवालयका एक अधिकारीले भने, प्रस्तावमाथि दोस्रो बैठकमा छलफल सुरुवात हुन्छ । आजै सकियो भने महाअभियोग सिफारिस समितिमा पठाइन्छ ।’

संसदले बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेको छ । अब संसदले महाअभियोग प्रस्तावमाथि सामान्य छलफल गरेपछि यो समितिमा पठाउँछ ।

समितिले महाअभियोग लागेका व्यक्तवसँग बयान लिने, प्रमाण संकलन गर्ने र सफाइको मौका दिने जस्ता न्यायीक प्रक्रिया पुरा गरी प्रतिवेदन दिनेछ । र, समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने संसदमा निणर्याथ पेश हुन्छ र दुर्इ तिहाइले पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् ।

यो प्रक्रिया सभामुख जेनेभाबाट फर्किएर आएपछि सुरु हुने सम्भावना छ । सभामुख घर्ती शुक्रबार स्वीट्जरल्याण्ड जाादैछिन् र १२ गते स्वदेश फर्किने कार्यक्रम छ । १३ देखि १६ तिहार परेको छ ।

स्रोतका अनुसार सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने लोकमानविरुद्धको महाअभियोग तिहारपछि संसदमा निर्णयार्थ पेश हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्