27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:26

TRENDING .

नवलपरासीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै लाखौ ठगी, उद्योगी देखि संचारकर्मी समेत भ्रममा परे

- Advertisement -
कार्तिक-४, नवलपरासीको कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्तिले भ्रम पैदा गरी ठगी गरेर फरार भएका छन् । कम्पनीको कन्ट्री म्यानेजर आफू भएको र चितवन घर बताउने मोहन कोईराला विभिन्न व्याक्तिहरुसँग पैसा उठाएर फरार भएको श्रोतको दाबी छ ।
कोईराला कावासोतीमा शाखा विस्तारको लागि ७ दिन पहिले यहाँ आएका थिए । उनी पहिला को मार्फत कसरी यहाँ आए भन्ने खुल्न सकेको छैन् ।
शाखा खोल्ने भन्र्दै विभिन्न व्याक्तिहरुसँग पैसा उठाउँर्दै हिडेपछि डाबरको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा उक्त व्याक्ति कर्मचारी समेत नरहेको र कावासोतीमा कुनै शाखा विस्तारको योजना नरहेको बताएपछि उक्त व्याक्तिले ठग्ने योजना बनाएको रहस्य बाहिर आएको छ ।
शाखा विस्तार गर्ने भन्दै यहाँका उद्योगी व्यवसायी, संचारकर्मी, लगाएत बैंकका म्यानेजरहरुलाई समेत रिजाएर करिव ३ लाख रुपैयाँ लगेर उनी  बेपता भएका हुन् । अहिले सम्म उनले कति रकम ठगेका छन् भन्ने एकिङ्ग भएको छैन् तर प्रहरीमा आफूहरु ठगिएको भन्र्दै उजुरी पर्न थालेको छ ।
thag-4यस्तो थियो शाखा खोल्ने ठगी योजना 
कावासोतीको नवलपुर पेट्रोल पम्प अगाडीको भवनमा जडीबुटी संकलनको लागि घर भाडामा लिएका थिए । तर उनले घरको कुनै पैसा भने दिएका थिएनन् । यहाँको स्थानीय फर्निचर उद्योगबाट फर्निचरका सामाग्रीहरु लगरे राखेका थिए, भने एउटा सुरक्षा गार्ड समेत नियुक्ति गरिसकेका थिए ।
आफूले भारतबाट कम्पनीको शाखा खोल्न आएको र नेपालसँग कुनै पनि सरोकार नराख्ने बताउने कोईरालाले यहाँका प्रभूत्व व्याक्तिहरुलाई हातमा लिएर कार्तिक १२ गते शाखा खेल्ने तयारी गरेका थिए । उनले कार्यालयको लागि आवश्यक फोन समेत टेलिकमबाट लगिसकेका थिए । उक्त रकम समेत जागिर दिने भनेर भनिएका व्याक्तिले तिरेका थिए ।
जागिर गर्न राखेका गार्डबाट ६० हजार ठगे
जागिर दिने तथा सापटीको रुपमा यहाँका करिव १५ जना व्याक्तिबाट ३ लाख रुपैयाँ लगेको बताईएको छ । नाम नबताउने सर्तमा एक व्याक्तिले भने, यहाँका उद्योगी व्यावसायी देखि संचारकर्मी, बैंकका कर्मचारीलाई समेत भ्रममा पारेर ति व्याक्तिले यसरी रकम ठगेका हुन् ।
 thag-1
विभिन्न होटलहरुमा खान खाएको पैसा र पसलहरुबाट मोवाईल, फर्निचर, लगाएतका सामाग्रीहरु लगेको सामानको पैसा समेत तिर्न बाँकी रहेको बताईएको छ । कार्यालय खोल्ने अन्तिम तयारी गरेका उनले आफूले नै राखेका सुरक्षा गार्डसँगबाट ६० हजार रुपैयाँ ठगेका छन् । समान लिनको लागि तत्काल नगद पैसा नभएको र साँझ दिने भन्दै लगेको ति ठगिएका सुरक्षा गार्डको भनाई छ ।
शाखा खोल्न लागेकोमा पार्टी दिए, सांस्कृति कार्यक्रमको तयारी थियो
शाखा खोल्ने अन्तिम तयारीमा पुगेको भन्र्दै उनले मंगलबार साँझ यहाँको एक स्थानीय होटलमा पार्टीको समेत आयोजना गरेको थिए । विभिन्न बैंकका म्यानेजर, उद्योगपति, व्यावसायी लगाएत आफ्नो सम्पर्कमा रहेका व्याक्तिहरुलाई राखेर उनले पार्टीको आयोजना गरेका थिए । आफ्नो बसमा लिन उनले यसो गरेको हुन सक्ने देखिन्छ ।
 thag2
उक्त पार्टीमा करिब ५० हजार रुपैयाँ खर्च भएको सो रकम समेत तिर्न बाँकी छ । पैसा लिन चितवन जान भनेर हिडेका उनी बुधबार दिउसोदेखि सम्पर्क बिहिन भएपछि कावासोतीमा खैलाबैला मच्चीएको छ ।
शाखा शुभारम्भको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम एवं शुभकामना साँझ आयोजना गरेका थिए । उनले चर्चित हास्य कलाकार मनोज गजुरेलदेखि युवराज चौलागाई, आस्था राउत,  कुलेन्द्र विश्वकर्मा, डान्सर पार्वती राईलाई समेत कार्यक्रममा आमन्त्रणको लागि एग्रिमेन्ट समेत गराएका थिए ।  अन्य केहि कालाकारहरु समेत आउने टुंगो लागेको थियो । कार्यक्रम गर्न भनि स्थानीय पत्रिपत्रिका र रेडियो टेलिभिजनबाट समेत  बिज्ञापन बज्न शुरु भएको थियो ।
कर्मचारी राख्न पत्रिकामा बिज्ञापनदेखि बिज्ञापन गर्न साढे ३२ लाखको चेक दिए
शाखा खोल्ने तयारी गरेका कोईरालाले शनिवार कावासोतीको एक पत्रिकामा बृहत सांस्कृतिक कार्यक्रमको बिज्ञापन र कर्मचारी आवश्यकताको सूचना निकालेका छन् । एकाउन्टेनदेखि, रिसेप्सनिष्ट, फिल्ड सुपरभाईजरदेखि सुरक्षा गार्ड गरि ११ जना कर्मचारी माग गरेका छन् ।
 thad-3
कावासोती डाबरको ईमेल मात्र उल्लेख गरी उनले कर्मचारी माग गरेका छन् । विभिन्न मिडियामा डाबरको बिज्ञापन गर्नको लागि यहाँको एक पत्रकारलाई सम्झौता गराई साढे ३२ लाख रुपैयाँको चेक दिएका थिए । ठगिएका उनले भने मेरो फोन समेत लगेर ऊ फरार भयो ।
भारतीय लेटर प्याडमा हिन्दी मै गरेको एग्रिमेण्टमा एभेरेष्ट बैंकको चेक दिएका छन् । उनले समेत आफू ठगिएको भन्र्दै सम्झौता पत्र र चेक सहित ईलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दिएका छन् ।
जागिर दिने प्रभाबमा पार्दै पैसा उठाउँर्दै
डाबरको शाखा खोल्न लागेको र त्यसमा राम्रो तलब सहित जागिर दिने बताउँदै विभिन्न व्याक्तिहरुबाट रकम असुलेका छन् । अहिले प्रहरी कार्यालयमा आफूहरुले रकम दिएको भनेर गुनासो जान थालेका छ । जागिर लगाउँन भन्र्दै बैंकमा खाता खोल्न पैसा माग्ने गरेका थिए । कति प्रभूत व्याक्तिहरुले भने आफ्नो बेईजेत हुने डरले घटनालाई गुपचुप राख्न खाजेका छन् ।
अहिले सम्म करिव यस क्षेत्रबाट ३ लाख रुपैयाँ भन्दा बढी रुपैयाँ ठगेर ति व्याक्ति फरार भएका हुन् । राम्रो तलब दिने प्रलोभनमा पार्ने र शाखा खोल्ने समेत धुमधामसँग तयारी गरेपछि धेरैले विश्वास गरेर पैसा दिएका हुन । ठगी गर्ने मनासय रहेका उनले ७ हजारदेखि ६० हजार रुपैयाँ सम्म पैसा उठाएका छन् । अहिले सम्म १५ जना ठगिएको बाहिर आएको छ ।
७ दिनमै लिए गन्यमान्य व्याक्तिलाई साथ  
उनी कावासोतीमा आएको करिव ७ दिन भएको छ । केहि दिनकै अन्तरालमा यहाँका मुख्य उद्योगी, बैंकका म्यानेजर र अन्य सामाजिक व्याक्ति, संचारकर्मीहरुलाई समेत रिजाउन भ्याएका थिए । राम्रै व्याक्तिको उठबसले उनलाई धेरैले विश्वास गर्न भ्याएका थिए ।
अगे्रजी समेत राम्रो बोल्ने र डाबर कम्पनीको सिट्मबारे जानकार राख्ने, अहिले डिग्री गर्न लागेको बताउने गरेको श्रोतको दाबी छ । नेपालका ठूला ठूला प्रहरीदेखि अन्य नेताहरु समेत आफ्नो साथी भएको बताउने गरेका थिए ।  उनको सम्पर्कमा रहेका एक व्याक्तिले भने बुधबार प्रहरीको उच्च अधिकारी समेत भेट्न कावासोती आउने कुरा समेत गरेका थिए ।
जागिरको लोभ र राम्रै व्याक्तिको उठबसले ठगिएला भन्ने सोचेनौं 
कावासोतीको एउटा मोवाईल पसलका संचालन भने, राम्रो व्याक्तिको उठबसले २ वटा मोवाईल दिए । करिव १० हजार रुपैयाँ दिए ४० हजार रुपैयाँ दिन बाँकी थियो ।उनले थपे, चर्चा बजारमा राम्रै थियो, त्यसैले विश्वास गरियो, प्रहरी चौकी पुगेका उनले भने । विभिन्न व्याक्तिहरुलाई जागिर लगाई दिने र पैसा समेत दिने बसमा यहाँका ठूला व्याक्तिहरुलाई प्रभावमा पारेका थिए । उनले यहाँका केहि व्याक्तिहरु सँगै लाखौ मूल्यको जग्गा खोज्न समेत मान्छे लगाएको बुझिएको छ ।
शाखा विस्तारको गर्दा यहाँ राम्रो जागिर दिने भनेर लोभाएका एक व्याक्तिले भने, अब राम्रै पैसा हुने भएका संका गर्न सकिन । सबै तयारी पनि थियो, कम्पनीको बारे समेत पूरै जानकार थिए । दिउसो सम्म फोनमा पैसा र गाडी लिएर आउँछु भनेर भनेको व्याक्ति फोन अफ् गरेर सम्पर्कमा आएनन्, त्यसपछि आफूहरु ठगिएको भने चेत खुल्यो उनले भने ।
त्यसपछि डाबर नेपालमा फोन गर्दा उ कुनै कर्मचारी नभएको र कावासोतीमा कुनै कार्यालय खोल्न नलागेको जानकारी गराएपछि ठगिएकाहरु प्रहरी चौकीमा धाउन थालेका छन् भने कावासोतीमा खैलाबैला मच्चीएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्