24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दिइयो

- Advertisement -Flowers in Chania
आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दिइएको छ । तीन वर्षअघि विवादको क्रममा आफ्नै साथीको गोली हानी हत्या गरेको अभियोग लागेका अल–काबिरलाई साउदीको एक अदालतले दोषी ठहर गरेको थियो । राजकुमारलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृत्युदण्ड दिइएको साउदीको गृहमन्त्रालयले पुष्टी गरेको छ । यद्यपी राजकुमार अल–काबिरलाई कसरी मृत्युदण्ड दिइयो भन्ने बारेमा केही खुलाइएको छैन । पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई सजाय दिन अपील गरेपछि अदालतले राजकुमारलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरेबियामा मृत्युदण्डको सजाय सामान्य भएपनि राजपरिवारका सदस्यलाई नै मृत्युदण्ड दिएको बिरलै पाइन्छ । साउदी अरेबियाको गृहमन्त्रालयले यो निर्णयले सरकार न्यायप्रति प्रतिबद्ध छ भन्ने कुरामा जनताको भरोसा र विश्वास मिल्ने जनाएको छ । विश्वकै सवै भन्दा कडा कानुन भएको मुलुक मध्ये साउदी अरेबियामा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्