27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:24

TRENDING .

त्रिशुलीमा बस खस्दा सह–चालकको मृत्यु, ९ जनाको जिवितै उद्धार

- Advertisement -

चितवन, कार्तिक ३ –चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत दाहाखानी–६ रिद्धि खोला नजिकै नौ किलो भन्ने स्थानबाट मंगलबार राती यात्रुबाहक बस त्रिशुली नदी खस्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।राती करिव साँढे ८ बजेको समयमा काठमाण्डौंबाट भैरहवा तर्फ जान आउँदै गरेको लु १ ख ७३९१ नम्बरको बस त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परि बसका सह–चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । मृत्यु हुनेमा सह–चालक धादिङ नलाङ गाविसका राजु वि.क रहेको प्रहरीले जनाएको छ । गाडीका चालक भने घाईते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै बसबाट अन्य ९ जनाको जिवितै उद्धार गरिएको ट्राफिक प्रहरी निरीक्षक भेटवाल जानकारी दिनुभयो ।उनीहरु सबैको अहिले कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । प्रहरीका अनुसार यात्रुहरु सबै धादिङ जिल्लाको सलाङ र नलाङ गाविसका रहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्