27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 04:34

TRENDING .

नवलपरासीमा हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

- Advertisement -

परासी, २ कार्तिक । साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो । सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न पाए आफुँलाई जिवनको सबैभन्दा ठुलो खुशी अनुभुति गर्छन् । यसवर्ष जिल्लाबाट ७ जना हाजीहरु हज गर्न गएका थिए । एक महिनाको समयमा हज गरि घर फर्किएका हाजीहरुलाई जिल्लाका मुस्लिम समुदायहरु बधाई दिदै हजका सिद्धान्तहरु व्यवहारमा उतार्न हाजीहरुलाई आग्रह गरेका थिए ।कार्यक्रममा तन्जीमुल ओल्मा युनियन समितीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैनले हाजी हुन ठुलो कुरो होईन तर यसलाई जिवनमा उतार्न हजको सफलता रहेको बताउनु भयो । अध्यक्ष हुसैनले हाजीहरुले नियमित नमाज, कुरान पढने, ब्रत बस्ने, दानपुन गर्ने, झैझगडाबाट बच्ने, साँचो बोल्ने र विभिन्न गलत क्रियाक्लापबाट बच्न आग्रह गर्नु भयो । हज गरेपछि व्यक्तिको सबै पाप धुल्छ तर पुनः गलत काममा लाग्ने हाजीको हज रद्द समेत हुने गरेको अध्यक्ष हुसैनले बताउनु भयो । कार्यक्रममा मौलाना जुल्फेकार अहमद, हाजी तैयब अलि अंसारी लगायतले धार्मिक शिक्षाबाट टाँढिदै गएका मुस्लिम समुदायलाई विभिन्न मदरसाहरुबाट शिक्षा प्रदान गर्न धर्मावलम्बीहरुलाई आग्रह गर्नु भयो । ईस्लाम धर्मको संरक्षण र यसका सांस्कृतिलाई जोगाउन सबै एकजुट हुनु पर्ने वक्ताहरुले आग्रह गरका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्