27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 06:30

TRENDING .

युएनएचसिआरले नेपालमा रहेका भुटानी शरणार्थीलाई तीन वर्षपछि सहयोग नगर्ने,शरणार्थी शिविर बन्द गर्ने

- Advertisement -

काठमाडौं-शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार गरेको  छ ।

युएनएचसिआरले भुटानी शरणार्थीलाई ०४७ देखि सहयोग गर्दै आएको छ । तर, अबका तीन वर्षपछि सहयोग गर्न नसक्ने जनाएको छ । यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र्थापना नगर्ने भनेका छन् ।
‘आगामी डिसेम्बरसम्म करिब एक लाख १७ हजार भुटानी शरणार्थीलाई पुनस्र्थापन गरिसकिएको छ,’ युएनएचसिआरको नेपालस्थित कार्यालयका एक अधिकारीले भने, ‘बाँकीलाई नेपालमा राख्न सकिनेबारे नेपालसँग कुराकानी गर्छौं र फर्काउने विषयमा भुटान सरकारसँग अनौपचारिक च्यानलबाट कुराकानी थाल्छौँ ।’
तर, भुटान सरकारले नेपालमा रहेका शरणार्थीहरू भुटानी नभएको भन्दै तेस्रो मुलुक पुनस्र्थापनमा पठाउन सुझाब दिँदै आएको छ । २९ असोजमा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भुटानी प्रधानमन्त्री छिरिङ तोप्गेले शरणार्थी फिर्ता गर्न नसकिने कूटनीतिक सन्देश दिएका छन्, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ  ।
‘भुटान पुरानै अडानमा छ, शरणार्थीलाई स्वदेश फिर्ता होइन, तेस्रो मुलुक पुनस्र्थापनामा पठाउने उसको मनसाय देखियो,’ भेटवार्तामा सँगै रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, ‘भुटानी प्रधानमन्त्री आफ्ना नागरिक स्वदेश फर्काउन तयार नभएको हामीले पायौँ । तर, हामी उनीहरूको सम्मानजनक स्वदेश फिर्ताको पक्षमा छौँ, यो कुरा स्पष्ट भन्यौँ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्