27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:33

TRENDING .

नवलपरासिमा सुरु राईनो कप फुटबलमा जगदम्बा लुम्बिनीको विजयी सुरुवात

- Advertisement -

कार्तिक १ , कावासोती
नविन पौडेल
जगदम्बा लुम्बिनीले नवलपरासीमा सोमबार बाट सुरु भएको राईनो गोल्ड कप फुटबलमा विजयी सुरुवात गरेको छ । मकवानपुर लाई १ का विरुद्ध ३ गोलले  पराजित गर्दै जगदब्वा लुम्बिनीले विजयी सुरुवात गरेको हो । खेलको सुरुवाती ९ मिनेटमा  नन्दीत थापाले गोल गरेर लुम्बिनी लाई अग्रता दिलाएका थिए भने लगत्तै १३ औ मिनेटमा अजित थापाले अर्को गोल गरेका थिए । खेलकौ ४३ औ मिनेटमा मकवानपुरका लागि एक मात्र गोल राजिव प्रजापतीले गरेका थिए । खेलको ६२ औ मिनेटमा रितेश मल्लले गोल गरेसंगै लुम्बिनी ३–१ के गोल अन्तरले विजयी हुन सफल भयो । प्रतियोगिता अन्र्तगत भोली लाल बन्दि स्पोट्र्स क्ल्ब सर्लाही र आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिती विच खेल हुने आयोजकले जनाएको छ ।   गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपरासीको कोल्हुवामा सुरु भएको राष्ट्रिय स्तरको राईनो गोल्ड कप फुटबल प्रतियोगीताको  नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता रहेको छ ।  एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको प्रचार समिति संयोजक विष्णु अधिकारीले जानकारी दिनुभयो । मोफसलकै  धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्