27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:09

TRENDING .

नेपालकी राष्ट्रपति भण्डारीकी छोरीको बिहे यादवसंग

- Advertisement -

काठमाडौं- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति ड. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरूको इंगेज्मेन्ट (टीकाटालो) भएको छ ।

अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग २ वर्षदेखि नै चलेको थियो ।

अध्ययनलगायत कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको यादवको पारिवारिक स्रोतले कान्तिपुरलाई बतायो । टीकाटालो कार्यक्रम गोप्य राखिएको थियो ।

दुई राजनीतिक पृष्ठभूमिको परिवारबीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शीतल निवास पुगेका थिए ।

‘पारिवारिक कार्यक्रम भएकाले हल्लाखल्ला गर्नुपर्ने कारण भएन । धेरैलाई बोलाएका पनि थिएनौं,’ अभिषेकका पिता मुनिलाल यादवले भने । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । ‘ज्योतिषीबाट हेराई विवाहको दिन तय गर्ने भनिएको छ’, शीतल निवास स्रोतले बतायो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्