27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:02

TRENDING .

नेपालमा ३१ देशका लागुऔषध कारोबारी, लागुऔषधको ट्रान्जिट बन्दै नेपाल, कारण यस्ता छन्

- Advertisement -

नेपाल ट्रान्जिट बन्नुका तीन कारण

१.  कमजोर कानुन
नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र पाँच लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । जब कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ । कम सजाय भएकाले धेरै विदेशी कारोबारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका हुन् । सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए ।

२. एयरपोर्ट सुरक्षा
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर आँकलन गरेर पनि लागुऔषध कारोबारीले नेपालको भूमि प्रयोग गर्दै आएका छन् । विदेशी नागरिक नेपाल आउँदा प्रहरीलाई चेकजाँच गर्ने अधिकार छैन । विमानस्थलबाट प्रस्थानको चेकिङमा पनि लागुऔषध चेक गर्ने अत्याधुनिक मेसिन नभएकाले तस्करहरू पटक–पटक प्रहरीलाई छल्न सफल हुने गरेका छन् ।

३. रुट फेरेर लैजाँदा सहज
नेपालमा कोकिन उत्पादन नहुने भएकाले यहाँबाट जाने यात्रुहरूमाथि अन्तर्राष्ट्रिय विमानस्थलमा कडा चेकिङ हुँदैन । जब कि ब्राजिललगायतका देशबाट युरोपियन देशमा जाँदा निकै कडा चेकिङ हुन्छ । त्यसकारण अन्तर्राष्ट्रिय कारोबारीले रुट बदलेर दक्षिण अमेरिकामा उत्पादन हुने कोकिन नेपाल हुँदै युरोप पु-याउने गरेका छन् ।

यी हुन् नेपाललाई लागुऔषधको ट्रान्जिट बनाउने देश
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) का अनुसार अस्ट्रिया, बोलिभिया, बेलायत, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, गिनी, जर्जिया, भारत, इजरायल, इरान, इटाली, जोर्डन, मलेसियाका नागरिकले नेपालमा बसेर लागुऔषध तस्करी गर्दै आएका छन् । त्यस्तै, नेदरल्यान्ड, नाइजेरिया, नामिबिया, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, सेरालियोन, दक्षिण अफ्रिका, थाइल्यान्ड, टर्की, युक्रेन, अमेरिका तथा भेनेजुयलाका नागरिक पनि लागुऔषध तस्करी गर्ने क्रममा नेपालमा पक्राउ परेका छन् ।

अाजकाे नयाँपत्रिका राष्ट्रिय दैनिकमा खबर छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्