27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:08

TRENDING .

नेपाली राष्ट्रिय महिला क्रिकेट एसिया कपमा छनोट

- Advertisement -
असोज २९ – नेपाल एसिया कपका लागि छनोट भएको छ ।  आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई एसिया कपमा खेल्न भाग्य खुलेको हो ।एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो ।

थाइल्यान्ड १० अंक सहित एसियाली छनौटको पहिलो स्थानमा रहेर कोलम्बोमा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ । नेपालले ३ जित र ३ हारसँगै ६ अंक जोड्यो र दोस्रो भयो । शनिबार भएको हङकङ र थाइल्याण्डबीचको खेलमा थाइल्यान्डले आयोजक हङकङलाई ७ विकेटले हरायो । त्यसमा हङकङ विजयी भएको भए एसिया कप खेल्ने टिमको टुंगो रनरेटको आधारमा हुने थियो ।  शनिबार नै भएको पहिलो खेलमा नेपालले चीनलाई ४ विकेटले हराएर २ अंक बटुल्न सफल भएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्