27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:09

TRENDING .

बिनोद चौधरीले नवलपरासीमा निमार्ण गरेको शाश्वतधाम यस्तो छ । (फोटो फिचर )

- Advertisement -

बिबेक भण्डारी २९ दुम्कौली– नवलपरासीको देवचुलिनगरपालिका दुम्कौलिमा रहेको चौधरी उघोग ग्राम संगै रहेको सिजी मन्दिर यतिबेला नवलपुर आउने हरेकको गन्तव्यको स्थल बनेको छ । हामिले सिजी मन्दिर भनेर चिने पनि बास्तवमा सो मन्दिर श्री काञ्ची शंकरा सदाशिव लिंगम्को नामले स्थापना गरिएको चौधरी समूहका महाप्रबन्धक मधुसुदन पौडेलले जानकारी दिनुभयो । हेर्दै मनमोहक देखिने मन्दिरको निर्माण सुरु भएको बाह्र वर्ष पुगिसकेको छ । पुर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ रहेको यस मन्दिरमा विशेष गरेर पुरातात्वीक धार्मिक कुराहरु  डिजिटल लाइब्रेरिका  रुपबाट अध्ययन गर्न सकिने छ ।cg-2 cg-mandir-1 मंदिर वरिपरी ताल र विचमा मन्दिर भएकोले हेर्न लायक रहेको रुपन्देहीबाट नवलपुर आएकी पुजा चौधरीले वताइन । नारायणगढ मामा घर आएकी पुजाले मन्दिर हेर्न भए पनि पुन मामा घर आउने वताइन  । रुपन्देहिबाट आएकी पुजाले मात्र हैन पुर्व देखि पश्चीम ओहोर दोहोर गर्ने जुनकुनै व्यक्तिको पनि यस मन्दिरले ध्यान केन्द्रित गर्ने गरेको स्थानिय प्रदिप सापकोटाले वताए । उनका अनुसार प्रत्येक दिन यस मन्दिरको बाहिर कोहि न कोहित आइ नै रहन्छ । कुनै समय भित्र जान रोक लगाइए पनि बाहिर बाट नै आफु संगै सुन्दर तस्वीर लिन यस मन्दिरमा आउने गरेको उनले वताए । यो धाम केवल नेपाल भित्रबाट मात्र नभइ विश्वभरका सनातन धर्म मान्नेहरुका लागि प्रख्यात तिर्थस्थलमा परिणत हुने देखिन्छ । साश्वतcg3धामले नेपालको प्रख्यात धार्मिक पर्यटकीय स्थलका रुपमा समेत ख्याती कमाउने प्रवल सम्भावना रहेको देखिन्छ । मन्दिर वरीपरी मनमोहक वाटर फाउन्टेन रहेको यस मन्दिरले अझै आकर्षणको विन्दु बनाएको देखिन्छ । मन्दिरमा बाहिरबाटै आरती गर्ने व्यवस्था रहने सिजीले जनाएको छ । नेपालको मध्य भागमा रहेको मन्दिर पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण दर्शनार्थीहरुका लागि आकर्षणको केन्द्र बनि सकेको पाइन्छ । मन्दिर परिसरमा डिजिटल धार्मिक लाइब्रेरी र धार्मिक सूचना केन्द्रको व्यवस्था हुने छ  । यहीबाट देशभरका मठ मन्दिर, शक्ती पिठ र धर्महरुको जानकारी लिन सकिने सिजीले जनाएको छ । शाश्वतधाम करिव चार विगाहा क्षेत्रफलमा फैलिएको र यो मन्दिर केवल अवलोकन गर्न मात्र नभइ  गुरुकुलको विद्याश्रम समेत  रहेको छ । गुरुकुलमा हाल पहिलो व्याचका १५ जना विद्यार्थीहरु अध्यन गरिरहेका छन् । यहाँ कक्षा ६ मा भर्ना लिएर संस्कृतका साथसाथै नेपाल सरकारद्वारा निर्धा्रित पाठयक्रमको पनि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । गुरुकुलमा आवासिय शिक्षाको व्यवस्था मिलाइएको छ । विद्यार्थीको खाने, बस्ने र लगाउने सम्पूर्ण खर्च चौधरी समूहले नै बेहोर्ने महाप्रबन्धक पौडेलले बताए ।  आगामी वैशाखदेखि मन्दिर सर्वसाधारणलाई दर्शनका लागि खुल्ला गरिने जानकारी शास्वतधाम निर्माणमा संलग्न चौधरी समूहका अधिकारीहरुले दिएका छन् । यस साश्वत धाममा योगा र ध्यान केन्द्र पनि सञ्चालन रहेको छ । यहाँ अखण्ड अग्नी कुण्ड, शक्ती घाट, अर्गा्निक फार्म, धार्मिक प्रर्दशनी, डिजिटल धार्मिक लाइब्रेरी, गोशाला, धर्मशाला, यज्ञ कुण्ड, ४३ जना क्षमताको रेसिडेन्सियल कम्पलेक्स, फुड कोर्ट, सोभेनियर स्टोर लगायत रहनेछन् । सास्वत धामलाई हरियालीपूर्ण बनाइएको छ । जहाँ भक्तजनले घण्टौं आनन्दसँग विताउन सक्ने साश्वत धाम निर्माणमा प्रत्यक्ष रुपमा सहभागी आशुतोषले जानकारी दिएका छन । मन्दिरमा विहान देखि साँझसम्म पुजा , साँझमा आरती , विहान योगा गराइने र बेलुका सधै सात्संग हुने जाइएको छ  । मन्दिरमा व्यक्तिगत पुजा र ग्रह नक्षत्रको बारेमा काउन्सिलिङ दिइने छ । लाइब्रेरीमा बसेर धार्मिक ज्ञान हासिल गर्न सकिने छ भने यससँग सम्वन्धित किनमेल गर्न पाइने जनकारी दिइएको छ । यस मन्दिरमा विशेष त बेलुकाको समयमा हेर्दा आन्दर र मन्दिरको सुन्दरता देख्न सकिन्छ । विभिन्न रंगका बत्तिले मन्दिरलाई थप आकर्षक बनाएको छ । यस मन्दिरमा एक स्थान हेदा फरक रंग अर्को स्थानबाट हेदा अर्कै रंग देखिने गर्दछ । सिजीका अनुसार बैशाख देखि मन्दिर खुल्ला गरिने तयारी रहेको जानकारी गराएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्