27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:49

TRENDING .

खुलेआम चोरहरुको भेला, कपिलवस्तुमा चोरहरुक भेला सम्पन्न

- Advertisement -

असोज-२८, चन्द्रौटा कपिलवस्तु,  मोटरसाइकल चोरी गर्ने गिरोहको भेला शिवराज नगरपालिकाको एक बगैँचामा सम्पन्न भएको बुझिएको छ । तर चोरको समूहले आफूहरुले यस क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको बताएका छन् ।

स्रोतका अनुसार चोरहरुले रातभरि बगैँचामा खानपिन गरेको पनि खुल्न आएको छ । सो भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतका केही गिरोह सहभागी भएको स्रोतको भनाइ छ । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् ।

हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सापकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दसैँको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ ।

असोज २२ गते राति सिराज खान डक्टरको लु २० प ९४१७ नंको मोटरसाइकल उनकै निवास पर्सियाबाट चोरी भयो । त्यसपछि असोज २६ गते राति शिवराज नगरपालिका-६ निवासी विष्णु हमालको लु १८ प २३९८ नंको मोटरसाइकल चोरी भयो र सोही रात तिलक गैरेको लु १२ प ४७७७ र अनिरुद्ध सापकोटाको लु २६ प ७६०४ नंको मोटरसाइकल शिवपुरबाट चोरी भयो ।

त्यस्को भोलिपल्ट विष्णु हमालको मोटरसाइकल शिवपुरको एक झाडीमा लुकाइराखेको अवास्थामा फेला प¥यो । अन्यको अझैसम्म पत्ता नलागेको र खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

त्यस्तै, २०७२ चैत ४ गते चन्द्रौटाको नापी कार्यालयमा कार्यरत बेचन गुप्ताको लु १६ प ५०७४ नंको मोटरसाइकल र चन्द्रौटाका होटल सञ्चालन गरिरहनुभएको पदम ढकालको लु १३ प ५५५४ नंको मोटरसाइकलको अझैसम्म अत्तोपत्तो नभएको बताइएको छ । दिन प्रतिदिन मोटरसाइकल चोरी बढ्नु प्रहरी प्रशासनको कामजोरी रहेको स्थानीयवासीले बताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्