24.1 C
Kathmandu
Wednesday, April 17, 2024
Flowers in Chania

अन्तराष्ट्रिय कुस्ती ( दगंल ) प्रतियोगीताको उपादी भारतका अनिललाई

- Advertisement -Flowers in Chania

नवलपरासी ,  २७ असोज  । वडादशैको अवसरमा  नवलपरासीमा आयोजीत  अन्तराष्ट्रिय कुस्ती  ( दगंल ) प्रतियोगीताको उपादी भारत गोरखपुरका  अनिल कुमारले जित्न सफल भएका छन् ।  नवलपरासीको परासी हाट बजार खेल मैदानमा भएको प्रतियोगीतामा भारतकै शैलेन्द्र पहवानलाई पछि पादै  अनिलले उपादी माथी कब्जा जमाउन सफल भएका हुन् । प्रतियोगीतामा प्रथम स्थान हासील गर्ने अनिलले नगद २५ हजार नगद र ट्रफी पाएका छन् भने द्धितिय स्थान हासील गर्ने  शैलेन्द्रले नगद २० हजार र ट्रफी पाएका    हुन् । यसैगरी प्रतियोगीतामा भारतकै महिला पहवान खेलाडी रिता यादवले सान्तवना स्थान हासील गर्न सफल भएकी छिन् ।  प्रतियोगीतामा नेपाल र भारत का गरी कुल  १८ जोडीले प्रतिष्पर्धा गरेका थिए  ।   दुर्गा पुजा तथा मेला ब्यवस्थापन समिती नवलपरासीको आयोजनामा हरेक बर्ष यो प्रतियोगीता हुदै आएको छ  । यस पटकको प्रतियोगीता ४१ औं पटक रहेको प्रतियोगीता ब्यवस्थापन समितीका संयोजक मिथलेश अग्रहरीले बताउनुभयो  । बिजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच पुर्व रक्षा राज्य मन्त्री एवंम् तराई मधेश लोकतान्त्रिक पार्टीका नेता रामबच्चन यादव र नेपाली कागं्रेसका युवा नेता एवंम् उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत ) ले संयुक्त रुपमा पुरस्कार   प्रदान गर्नूभएको थियो  । कार्यक्रममा बोल्दै कार्यक्रमका पुर्व रक्षा राज्य मन्त्री एवंम् तराई मधेश लोकतान्त्रिक पार्टीका नेता रामबच्चन यादवले यस्तो खेलले लोपहुदै गएको आफ्नो कला संस्कृति जगेर्ना हुने बिस्वास ब्यक्त गर्नुभयो  । यसैगरी सोही अवसरमा नेपाली कागं्रेसका युवा नेता  उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले  खेलाडीको पहिचानलेनै देशको पहिचान हुनेभएकाले नेपाली पहवान खेलाडीलाई पनि राज्यले उचित सम्मान सहित ब्यवस्थापन गर्नुपर्ने बिचार राख्नुभयो  ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्