27 C
Kathmandu
Tuesday, August 11, 2020
2020 Aug 11, Tuesday 03:08

TRENDING .

शक्तिपीठमा शक्तिसंघर्षः अघिअघि राष्ट्रपति, पछिपछि पूर्वराजा , जम्काभेट नहोस् भनेर उच्च सतर्कता

- Advertisement -

२४ असोज, काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैंका अवसरमा महाअष्टमीका दिन राष्ट्र प्रमुखले विभिन्न शक्तिपीठहरुको भ्रमण गर्ने परम्परा छ । तर, राष्ट्रप्रमुखको भूमिकामा नरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार शक्तिपीठहरुको भ्रमण गर्ने समय यसरी तय गरे, उही समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको समय तय भएको थियो ।gyandra-with-nati-2

‘पूर्वराजाले हिजो बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमण गर्ने भनेका थिए, तर त्यही समयबाट राष्ट्रपतिज्यूको पनि भ्रमणको समय तय भयो,’ उच्च सुरक्षा स्रोतले अनलाइनखबरसँग भन्यो,’एकै समयमा जम्काभेट नहोस् भनेर हामीले पूर्वराजाको समय बेलुका पाँच बजे सार्‍यौं ।’

शीक्तपीठ भ्रमणको समय एक घण्टा अघिपछि पारिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी छोरीहरुलाई लिएर बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमणमा निस्किइन् ।

पूर्वराजा ज्ञानेन्द्र पनि जवाफी पारामा नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठहरुको दर्शन गर्न निस्किए ।

राष्ट्रपति भण्डारीले छोरीसहित राजधानीका विभिन्न शक्तिपीठहरुमा पुगी पूजाआजा गरिन् । वडादशैंको आठौं दिन आइतबार महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गरिन् ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती लगायतका नवदुर्गा भवानीको शक्तिपीठको पूजाआजा गरिन् । राष्ट्रपतिसँगै उनका दुई छोरीसमेत पूजामा सरिक भएका थिए ।

राष्ट्रपति र उनका दुबै छोरीहरुले रातो पहिरन लगाएका थिए । जेठी छोरी रातो साडीमा सजिएकी थिएन् भने कान्छीले रातो कूर्ता पाइजामा लगाएकी थिइन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्