असोज २३ -नवलपरासीको प्रसौनी गाविसमा रहेका बोटे तथा मुसहरका १५ घरपरिवारलाई खाध्यान्न तथा लताकपडा लगाएतका सामाग्री आईतबार वितरण गरिएको छ । दसैमा कोहि भोको नरहोस् भनेर दसैको पूर्वसन्ध्यामा भरोसा असहाय बृद्ध तथा बालबालिका उत्थान संस्था नागार्जुन काठमाण्डौले ति सामग्री वितरण गरेकोे संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । दाल, चामल, नुन, तेल, लत्ता कपडा वितरण गरिएकोे उक्त कार्यक्रममा नवलपरासी क्षेत्र न. ३ का सांसद कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै गैर सरकारी संस्था जिल्ला सचिव एवम् समता नेपालका कार्यकारी निर्देशक बाबुराम पाण्डे तथा माहासचिव प्रतिनीधि अमृत कण्डेलको विशेष आतिथ्यता रहेको थियो । भने सस्थाकी केन्द्रिय सदस्य सिता थापा,समाजसेवी नारायण पोखरेल एवम् विभीन्न सघं सस्थाका प्रतिनीधिहरु तथा सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।सस्थांका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा १५० भन्दा बढिको उपस्थिती रहेको थियो । भने आईतवारै सोहि स्थानमा युवा संघ प्रसौनीले शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम समेत गरेको थियो ।