27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:23

TRENDING .

दशैमा हिन्दु मुस्लिम एकै ठाउँ, मस्जिदमै मनाउदै दशैँ

- Advertisement -
असोज २३, नवलपरासी । दशैंको खुशी हिन्दु धर्माबलम्बीहरुले मात्र साटासाट प्रदान गरि मनाउँछन् भन्ने मान्नेहरुकालागी  नवलपरासीको कावासोती कोईलापानीमा बस्ने मुस्लिम समुदायले गलत साबित गरिदिएका छन्  ।  उनीहरुले दशैंको पूर्व सन्ध्यामा दशैको शुभकामना आदान प्रदान गरेका छन् । हिन्दु र मुस्लिम धर्मावलम्बी एकैठाउमा जम्माहुने परिपाटीको शुरुवात यहाका मुस्लिम समुदायले शुरुवात गर्दै मस्जीद भित्रनै हिन्दुहरुको पर्व विजया दशमीको शुभकामना आदान प्रदान गरिएको हो ।
पिस सेन्टर नेपाल तथा कोईला पानी मुस्लिम समाजको आयोजनामा  विजया दशमी, शुभ दिपावली, छठको अवसरमा शनिबार सुभकामना आदान प्रदान गरिएको हो । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य नन्द प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा प्रहरी निरिक्षक हरि प्रसाद विसी, पिस सेन्टर नेपालका महासचिव  जौन उदिन मिया लगाएत, यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि अर्यालले मुस्लिम समुदायले समेत दशैंमा देखाएको चासो प्रति खुसी व्यक्त गर्दै सामाजिक सद्भाव कार्यम गर्न सहयोग पुग्ने बताए ।  कोईलापानीमा निर्माणाधिन मस्जिद भित्र आयोजना गरिएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले मुस्लिम समुदायबाट भएको कृयाकलापले हिन्दुधर्मालम्बीहरुले खुसी व्यक्त गरेका थिए । शुभकामना दिने मुस्लिम एक बक्ताले भने, हामीहरु हिन्दुसँग नजिक छौं, अहिले पनि हामीले मिलेर  बसका छौं , यो समाजिक सद्भाव बलियो बनाउन हिन्दुहरुको पर्वको सम्मानमा यस्तो कार्यक्रम आयोजना गरेका हौं । muslim-shubhakamanaa
कोईलापानी मुस्लिम समाजका अध्यक्ष हासिम मियाको अध्यक्षता रहेको कार्यक्रममा मुस्लीम समुदायको समेत बाक्लो उपस्थिती रहेको थियो । सहभागिहरुले हिन्दु धर्माबलम्बीहरुसँग आफ्नो मित्रताको प्रसंसा गरेका थिए । उनीहरुले आफूहरुले समेत हिन्दुधर्मालम्बीहरुसँगै खुसी साटेर दशै मनाउने बताएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्