27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:04

TRENDING .

अदालतको आदेशः रक्सी खाएर घर पुगेपछि श्रीमतीलाई के छ डार्लिंग भन्नू

- Advertisement -

मध्यरातमा रक्सीको तालमा स्वास्नी कुट्ने पुरुषहरुले अब घर छिर्नेबित्तिकै श्रीमतीलाई मायालु स्वरमा भन्नुपर्नेछ, के छ डार्लिंग ?

यो कुनै निबन्ध वा उपन्यासको अंश होइन । अदालतको आदेश हो, सबैले मान्नैपर्ने । र यो अनौठो आदेश दिएको छ भारतको एक अदालतले । रक्सी खाएर रातबिरात घर पुगेर स्वास्नी कुट्ने लोग्नेमान्छेहरुलाई कानूनले पाता कसेको छ ।

अदालतको यस्तो आदेशससँगै ६ महिनादेखि लोग्नेबाट टाढा भएकी एक महिला लोग्नेको घर फर्किन राजी भइन् । अनि अदालतमा चलिरहेका सम्बन्ध विच्छेद लगायतका विभिन्न ३ वटा मुद्दाको पनि टुंगो लाग्यो एकसाथ । अदालतले यो फैसलाको पछाडि के तर्क दिएको छ भने यदि लोग्नेले हरेक दिन श्रीमतीलाई के छ डार्लिंग भनेर सोध्ने गरेमा दुइबीच प्रेम झांगिन्छ ।[ad id=”7822″]

भारतको मध्यप्रदेशको दक्षिण पश्चिमी खरगोन जिल्लाकी हेमलता नामकी महिला तथा अभिषेक नामका पुरुषबीच सन् २०१३ मा बिहे भएको थियो । बिहेको ६ महिना पछि नै दुईबीच विवाद हुन थाल्यो । हेमलताका अनुसार अभिषेकले उनलाई हरेक दिन रक्सी खाएर आई पिट्थे । र लोग्नेको पिटाइमा सासुले पनि सहयोग गर्थिन् ।

अभिषेकले भने हेमलता सधै कचकच तथा विवाद गर्ने गरेको र ६ महिनादेखि माइतीमै बसेको बताए । गत मे मा अभिषेकले जिल्ला अदालतमा श्रीमतीसँग डिभोर्सका लागि निवेदन दिए ।

तर अदालतले उनीहरुको सम्बन्ध विच्छेद गराउनुको साटो मेलमिलाप गराउने निधो गरी एक मेलमिलापकर्ताको मध्यस्थतामा उनीहरुबीच छलफल गराइयो र सहमतीमा पूराइयो ।

अदालतले अबदेखि अभिषेक घरबाहिर बस्न छाडेर दिनहुँ घरमै जाने र हरेक दिन श्रीमतीलाई के छ खबर डार्लिंग भनेर सोध्नुपर्ने फैसला गर्यो । त्यसमा दुबैजना सहमत भए र खुसीसाथ घर फर्किए । उनीहरुको सम्बन्ध विच्छेदको निवेदन पनि खारेज भयो ।अनलाईन खबरबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news