27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:32

TRENDING .

सत्यराज आचार्यको ‘मधुशाला ’ मा झुम्यो चितवन

- Advertisement -

अनिल ढकाल। भाद्र २५ चितवन । नेपाली संगित बजारमा गजल एल्बम ‘मधुशाला ’ चर्चामा छ । गजलकै ईतिहासमा एउटै स्रष्टाद्धारा लेखन , संगित तथा गायन गरिएको ऐतिहासिक गजल मानिएको छ । यही क्रममा चितवनमा गायक सत्यराज आचार्य मधुशालाको साथमा उपस्थित भए । देश दौडाहा कार्यक्रम अन्र्तगत गायक आचार्य चितवनका दर्शक श्रोताको माझ आफ्ना गजलको साथ सुनिए । झण्डै ८ बटा गजल र अन्य गित गाउदा चितवनको भरतपुर गार्डेन रिसोर्ट संगितमय बनेको थियो । त्यसो त सांगितिक कार्यक्रम भईरहने चितवनमा कलाकारहरुको आगमन पनि त्यती कै हुन्छ । तर शुक्रवार भरतपुरमा आयोजित कार्यक्रममा गायक सत्यराज आचार्य फरक दर्शक माझ गुञ्जिएका हुन ।  । एकल गजल गायन कार्यक्रममा पुगेका उद्योगी , ब्यवसायी , चिकित्सक , कलाकारका विच सत्यराज सुनिए । झुमाए  ।   साँझ साढे ७ बजे दौरा सुरवालमा सजिए गायक तथा संगितकार सत्यराज आचार्यले झुमाए ।  आफ्नै पिता भजनशिरोमणी भक्तराज आचार्यको ‘जहाँ छन बुद्धका आँखा ’बाट कार्यक्रमको सुरुवात गरपनि आफ्नै गजल सुनाए  । त्यसपछि उनले मधुशालाको शिर्ष गजल ‘आउ आज रमाउ मधुशालामा ’ ले दर्शकको माया पायो । प्रत्यक्ष बाद्यबादनको टोली सहित उनले गाएका हुन ।  करिब १० बजे सम्म उनले निरन्तर गाउदा दर्शकले पुरै समय साथ दिएका थिए । ‘आज एउटा खाम देखे ’गजलले दर्शकको तालि पायो । बेलामा उनले रमाईलो चुटकिला भनेर दर्शकलाई हसाएका समेत थिए । नचलाउ मलाई , जिन्दगीको दौडमा  भागिरहे , हामी पनि छौ है पछि  लगाएतका मधुशालाको गजल गाए । कार्यक्रमको अन्तिममा मधुशालको गजल ‘गोरी भन्दा काली मन मन म¥यो ’गाएका थिए । सिग्नेचर प्रिमियमले कार्यक्रमको आयोजना गरेको हो ।बाद्यबादनमा रोसन शर्मा , देवानसिस तामाङ , उमेश पण्डित , मनोज चौधरी , विपि सिंह , शम्भु बाँनिया ले साथ दिएका थिए ।
भदौ २१ गतेदेखि गायक सत्यराज आचार्य आफ्ना गीतहरूका साथ नेपाल टुरमा निस्किएका छन् । ‘मधुशाला विथ सत्यराज आचार्य’ शीर्षकको उक्त कार्यक्रममा सत्यराजले आफ्ना सात जना म्युजिसियन पनि उनको साथमा छन । नारायणगढपछि २५ गते बुटवल , २६ गते पोखरामा कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा प्रत्यक्ष प्रस्तुति दिएपछि यात्राको विट मार्ने कार्यक्रम रहेको छ । [ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news