24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

नवलपरासीको छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

- Advertisement -Flowers in Chania

कावासोती , १७ असोज । नवलपरासीमा छुटाछुटै सवारी दुर्घटनामा परि आईतबार राति ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको चोरमारा नारायणी भित्रि सडक खण्ड अन्र्तगत राती १० बजेको समयमा लु २ त ६५०९ नम्बरको टक्टरले पैदल यात्रीलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मध्यबिन्दु ४ चोरमाराको ५९ बर्षिय रम्भा बश्याल रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
त्यस्तै पुर्बपश्चिम रार्जमार्ग अन्तगत दुम्किबासमा राति २ बजेको समयमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको लु १ ख ६३६६ नम्बरको ट्रकले बाटो उभिईरहेका धादिङ ४ चयनपुर बस्ने चन्दकान्त छतकुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यतै नवलपरासीको प्रतापपुर ४ प्रतापपुरमा रातको समयमा ठूलो पूलमा बसको ठक्करबाट १ जनाको  मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार त्रिवेणी बाट बर्दघाट जादै गरेको लु १ ख४१,७७ नम्बरको बसले प्रतापपुर ३ माघवपुर घर भएका अन्दाजि वर्ष १७ का सुरज क्षेष्ठलाई  बसले ठक्कर दिदाँ गम्भीर घाइते भएको थिए ।   घाइतेलाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता मा लौजादा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

यसैगरी नवलपरासी रामग्राम नगरपालिकामा  आईतबार दिउसो सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम ११  जिल्ला कारागाार आगाडी रोकी राखेको ना ५ ख १४६२ नम्बरको ट्रकलाइ लु २५ प २१२३ नम्बरको मोटर साइकलले ठक्कर दिदा मोटर साइकलमा सवार दुइजना घाइते भएकोमा एक  जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनमा मोटर साइकल चालक रामग्राम नगरपालिका बस्ने वषै २५ प्रेम राय चौधरी रहेका छन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्