8.1 C
Kathmandu
Flowers in Chania

म छोरीका लागि राजनिति गर्छु आमा

- Advertisement -

उषा पराजुली –

मेरी आमाको कोखमा म हुँदा आमाको ५ जना छोरी भइसकेका थिए, आमाका छोरी पनि थिए, छोरा पनि थिए , म छोराको रहर गर्दागर्दे जन्मिएकी पनि होइन त्यसैले पनि धेरै धेरै आभारी छु । आमा ! धेरै सन्तान पाल्ने हिम्मत लिनुभयो तर मलाई पेटमै मार्ने काम गर्नुभएन । मेरै घरछिमेकमा अस्ति छिमेकी भाउजूले पेटमा छोरो नभएको थाहा पाएपछी पेटमै सानी नानी मारेर घर आउनुभयो र दाइले छोरो पाउने आशामा अर्की स्वास्नी भित्रयाय । म जन्मिदा पनि “छोरी धेरै पाइस् ति छोरीले केनै गर्छन र बरु फालिदे” भनेर समाजबाटै धेरैजनाको मुखबाट निस्किएको रहेछ । आमाले त्यो वाक्यलाइ ख्याल नगरी मलाइ जन्माएपछि म जन्मिए हुर्किय र ठूली हुदै गएँ । दिन बित्दै जाँदा आमाले हामी धेरै छोराछोरी दुःखले पालेको कुराहरु सुनाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो “मलाइ छोरी मार्ने कुरा कहिल्यै पनि दिमागमा आएन कलिला कोपिला के गरि फुल्नबाट रोक्न सकुला र ? त्यसैले तिमिहरुलाइ जन्माए” । अनि मैले सोचे त्यो बेला त्यस्तो अधेरो समाजमा रहेर पनि मेरी आमाले छोरी बचाउँनुपर्छ, फुल्न र यहि माटोमा पौरख गर्न दिनुपर्छ भन्ने सोच गरेर मलाई बचाउनुभएको रहेछ भन्ने । मलाई पवित्र सोचले जन्माउनुभो हुर्काउनु भयो र आज १९ बर्ष पार गराउनुभयो । त्यस्तो निश्चल सोच र कोखबाट जन्मिएकि म, आज आफु निकै भाग्यमानि सम्झन्छु र यो समाजमा भाग्यमानि हुन नपाएका धेरै मलिना मुहारमा भाग्य चम्काउन चाहान्छु ।तसर्थ अब म यसको परिणाम लिन आफूनै परिवर्तन हुन खोज्दैछु छोरीहितका लागि । मलाई थाहा छ आफूमा सकारात्मक परिवर्तन हुनु भनेकोनै सिङ्गो देशको सकारात्मक परिवर्तन हुनु हो । छोरीका लागि गर्छु भन्दै राजनितिमा लागेका धेरै महिला नदेखेकि पनि होइन तर उहाहरुबाटनै छोरीलाइ अन्यायको बाटोमा धकेलेको देख्दा उहाहरुप्रति नकारात्मक सोचको उर्जा भइसकेको छ । राजनीति भन्ने शब्द जताततै फोहोरी खेल भइसक्यो तर राजनीति भनेको वास्तवमा ऐेउटा जितको लडाइँ हो र सकारात्मक पक्षबाट हिड्याँै भने राजनीति ऐउटा अवसर । तर राजनीति सुन्दर बाटोबाट गर्ने र बुझ्ने कमै मानिस छन । तसर्थ म मेरो जिन्दगीमा नयाँ बाटो खोज्दै पेटमै छोरी मार्ने छिमेकी दाइजस्ता मान्छेलाई प्रश्न गर्दै बुढेसकालमा पालुला मर्दा किरिया पनि हामीनै गरुँला दाइ भन्दै हाँस्दै, हँसाउदै समाजको दिमागमा छोरीप्रति बसेको कुसोच मेटाउन म निस्वार्थ भावनाले लाग्छु । धेरै छोरीको मुहारमा हाँसो ल्याउने जमर्को गर्दै छोरीका लागि राजनीति गर्छु आमा म । छोरी – एक देवी रुप र घरकी लक्ष्मी, जसले घरका हरेक कामहरु एक मजदुरले ज्याला पाउँदा भन्दा अझ मेहनतका साथ गरिरहेकि हुन्छिन । यतिसम्म गरेकी हुन्छिन कि कहिल्यै आपनो पेट समेतको पर्वाह नगरी अरुको हेरचाहमा व्यस्त रहन्छिन, विहान को दैलोपोचो खाना पकाउने काम खुवाउने काम अनि खान लाग्दा भात पस्किँदा नपुगेर कटकट आवाज आउने गरी भाडा कोतर्ने पनि छोरीनै हुन । महान व्यक्ति बनेर समाजमा जतिपनि छोरिले अधिकार का लागि आवाज उठाए पनि वास्तवमै छोरी अधिकार र छोरीको श्रमको मुल्याङकन घरबाटै पनि हुन सकेको छैन । एउटा लोग्नेले मैले श्रम गरेर घर चलाएको छु भन्नसक्छ तर श्रीमतीले त्यही घर चलाउन दिन रात मिहिनत गरेको देख्दैन । समय बदलियो तर छोरीलाइ घरमै सीमित र तल्लो दर्जा दिने काममा परिवर्तन आउन सकेन। आफूभित्र भएका सिप र जाँगँरलाइ कहिल्यै पनि घर बाहिर देखाउन पाउँदिनन छोरीले उनलेत केवल अल्झिएर बस्नु परेकको छ । छोरीले घरधन्दा चलाउँदा घर उज्यालो बन्न सक्छ भने के घर बाहिर आप्नो हिम्मत देखाउदा अन्धकार ज्वाला बल्ने हो र ? नारी सशक्तिकरण विगतका तुलनामा अलि अगाडि बढेको त छ । सानो उमेरबाटनै देशको नाम राख्न सफल गौरिका बहिनी, देशको राष्टपति भएर बस्नुभएकी बिद्या भण्डारी, संसदमा महिलाको उल्लेखनीय भुमिका निभाउनु भएका धेरै छोरीहरु आफूलाइ एक अलग बाटोमा डोर्याउनु भयो त्यो उहाँहरुमा भएको एउटा सकरात्मक हिम्मतको नतिजा मान्छु म । तर राष्ट्रमा ऐकदुई छोरी अब्बल छन भन्दैमा सिङ्गो राष्ट्रका छोरी अगाडि छन भन्ने कुरामा म कहिल्यै सहमत हुन सक्दिन किनकि मेरै अाँखा अगाडि धेरै छोरीका सुन्दर सपना कसैको घरको छोरी र बुहारी हँुदाको दिनबाट नै टुक्रिएको देखेकी छु र सपना टुक्राउने काममा धेरै धार्मिक र सामाजिक अन्याय भेटेकी छु । तसर्थ म यो समाजका छोरीहरुलाई त्यागको, बाटोमा लाग्नुभन्दा पहिले आप्नो हकको कुरा गर्न जान्ने र सक्ने गराउछु । पहिलो कुरा त आफू शिक्षित बन्न खोज्दा अर्काको घरजाने जात भनेर पढाउन हिचकिचाउने समाजलाई पढेर र आफूमा भएको शिक्षाको प्रतिफल देखाउनुपर्छ भन्ने सोचले पाइला अगाडि बढाउने जमर्को गर्छु । दाइजो संगै बेचिने हामी र नल्याएको भनी ज्यान समेत मार्न खोज्ने यो समाज लाइ पछाडि राख्दै दाइजो प्रथा म आफू आफ्नो ठाउँबाट लागि परेर अन्त्य गर्छु , म सानो सानो पाइलाबाटै परिवर्तन खोज्छु । आमा ! म आधुनिक केटि हु तर महिनावारी हुँदा भान्साकोठा र पूजाकोठामा जान डराउछु भन्ने छोरीहरुबाटनै म महिनावारी हुदा गरिने दुरदुरको अन्त्य गर्छु । हिम्मत लिँदैछु सम्मान गर्न अयोग्य धार्मिक कार्यको म चिहान खनेरै छाड्छु । छोरीलाई अगाडि बढ्न रोक्न खोज्ने छाउपडी प्रथा, देबकी प्रथालाइ म किनारा लगाएर एकढिक्काका साथ आवाज उठाउदै धेरै छोरीको साथ लिएर अन्त्य गर्छु , धेरै दलनछ आमा हामि छोरीमाथि । छोरी सधै पेटमा मरेकी छ, छोरी प्रेम गर्दा मरेकी छ, विश्वास गर्दा मरेकी छ र जिन्दगीको सारथी बन्दा समेत मरेकी छ र उ नै पटक पटक बलात्कृत भएकी छ । ५ बर्षको कलिलो शरीरमा जवानी देख्ने राक्षसबाट जोगाउनको लागि राजनिति गर्छु आमा ।साथसाथै पहिला भारत लगेर बेचिने दीदी बहिनिको अहिले मुल्य कुवेत साउदीमा तोकिन्छ रे, भारतको कोठी साउदी कतारको भिसाले उतै सारिदिएको छ । हो म त्यस्ता कुराहरुको अन्त्य गर्ने कोशिस गर्छु, छोरी बेचिनको लागि होइन बचाउनको लागि हो भन्ने कुरा बुझाउन म समाजका पात्रमाथि आइलागेरै राजनिति गर्छु । जसरी धर्ती र सागरको देन बाँच्नका लागि अपरिहार्य छ, छोरीको भूमिका पनि त्यस्तै छ, मान्छेले टेकेको छ छोरीलाई, कुल्चेको छ, ऊमाथि सहनै नसक्ने गरी बोझ थपिदिएको छ तरपनि छोरीबिना बाँच्ने हिम्मत जुटाउन सकिरहेको छैन र सक्ने कुरा पनि हँुदैन किनकि छोरीमा जस्तो सहने शक्ति, हिम्मत भावना अरु कुनैपनि कुरामा सम्भव छैन । तरपनि ब्रमाण्ड धान्ने छोरी माथिको दलनमा कुनै कमी आएको छैन । हो म यो कुराको अन्त्यको लागि लडाइँ लड्छु । म अब अगाडि बढ्न ढिला गरेभने धेरै छोरी पछाडिनै रहन्छन, समग्र छोरीको नेतृत्व गर्दै सबैसँंग काँधमा काँध मिलाएर अगि बढ्ने प्रयत्न गर्छु । किनकि मलाई परिवर्तन चाहिएको छ ।आमा, म कुनैपनि छोरी अन्याय, अत्याचारमा परी चिच्याएको सुन्न सक्दिँन । छोरीपनि हाँसिखुशि बाँच्नका लागि उन्मुक्त आकाशमा चरीझँै स्वतन्त्र उडान गर्न पाउनुपर्छ । मलाई विश्वास छ छोरीको स्वतन्त्रता र कार्यलाई समाजले अलिकति पनि बलियो बाधको रुपमा उच्च मुल्याङकन दिन सके छोरीको शक्ति, हिम्मत र छोरीभित्र भएका छमता घर भित्र को श्रम मात्र नभइ ऐउटा उल्लेखिनिय नतिजाको रुपमा परिणित हुने थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्