8.1 C
Kathmandu
Flowers in Chania

शैक्षिक मेलाको दोस्रो दिन अवलोकन कर्ताको भिड (फोटो फिचर)

- Advertisement -

   असोज १४ । नवलपरासी जिल्लामा नै पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला बाट यस क्षेत्रका शिक्षा प्रेमी उत्साहीत भएका छन् । जिल्लामा नै पहिलो पटक आयोजना गरीएको शैक्षिक मेलाले आगामी दिनमा यस क्षेत्रमा आम पाठक तथा सरोकारवाला लाई शिक्षा क्षेत्रको विकासका लागि थप उत्साहीत बनाएको मेलामा सहभागीले प्रतिकृया दिएका छन् । मेलाको दोसा्रे दिन शुक्रबार कावासोती आसपासका कलेज तथा विद्यालयका विद्यार्थीहरुले मेलाको अवलोकन गर्दै शैक्षिक परामर्श लिएका थिए ।  बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा जारी मेलामा वलिखीना एजुकेशन कन्सल्टेन्सीको प्रस्तुती तथा सद्भाव एजुकेशन कावासोतीको मुख्य प्रायोजन रहेको मेलामा दाईसुकी इन्टरनेशनल कलेज चितवनले सहयोगी संस्थाकोरुपमा रहेको छ ।  मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहेको छ ।  कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी ला1 2 3ई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईएको छ । मेलामा प्रवेश निशुल्क राखीएको र हरेक दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरीएको छ । विद्यार्थी संगै अभिभावकहरुका लागि पनी आफ्ना छोराछोरी लाई कुन विषय अध्ययन गराउने तथा विदेश पढ्न चाहने आफ्ना छोराछोरीका लागि के कस्ता विषय , स्थान र प्रकृया छन् सो विषयमा समेत जानकारी प्रदान गरीने हुदा मेलाले शिक्षक , विद्यार्थी , अभिभावक तथा शिक्षा प्रेमी सवैलाई फाईदा पुर्याएको स्थानीय रामानन्द भण्डारीले प्रतिकृया दिनुभयो । शैक्षिक परार्मशका लागि काठमाण्डौ जानुपर्ने बाध्यता लाई यस मेलाले हटाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्