8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीको कावासोतीमा पहिलो पटक शैक्षिक मेला सुरु

- Advertisement -

असोज १३ । नवलपरासीको  कावासोतीमा आजबाट जिल्लामा नै पहिलो पटक शैक्षिक मेला २०७३ सुरु भएको छ ।  बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा सुरु भएको मेला असोज १३ , १४ र १५ गते सम्म सञ्चालन हुने छ । आयोजक संस्थाका अध्यक्ष नविन पौडेलको अध्यक्षता तथा प्रमुख अतिथी नगर विकास समितीका अध्यक्ष नारायण तिमल्सीनाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।  उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले बेष्ट मिडियाले जिल्लामा नै नौलो काम सुरु गरेको भन्दै यस्लाई सफल बनाउन सबै लागि पर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ज्ञानोदय मावि कावासोतीका प्रधानाध्यापक कपिलदेव भुषाल , रेडक्रस सोसाईटी उपशाखा कावासोतीका योगप्रसाद रिजाल , उद्योग वाणीज्य संघ नवलपुरका ओम प्रसाद पौडेल , सिदार्थ आवासीय उच्च माविका प्रार्चाय भोजराज दाहाल , लुम्बिनी आदर्श डिग्री कलेजका भुपेन्द्र शर्मा , अखील क्रान्तिकारीका हरी सिग्देल , अनेरास्वबीयुका जिल्ला अध्यक्ष सुशान्त शर्मा , नेविसंघका जिल्ला अध्यक्ष राजेश पौडेल , पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा , नेकपा एमाले कावासोतीका नगर अध्यक्ष विष्णु ढुङ्गगाना , लगाएतले बोल्नुभएको थियो । stal-newवलिखीना एजुकेशन कन्सल्टेन्सीको प्रस्तुती तथा सद्भाव एजुकेशन कावासोतीको मुख्य प्रायोजन रहेको मेलामा दाईसुकी इन्टरनेशनल कलेज चितवन र क्रिसविस  सहयोगी संस्थाकोरुपमा रहेको छ ।  मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहको छ ।  कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी लाई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईने छ ।मेलामा प्रवेश निशुल्क राखीएको र हरेक दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरीएको छ । विद्यार्थी संगै अभिभावकहरुका लागि पनी आफ्ना छोराछोरी लाई कुन विषय अध्ययन गराउने तथा विदेश पढ्न चाहने आफ्ना छोराछोरीका लागि के कस्ता विषय , स्थान र प्रकृया छन् सो विषयमा समेत जानकारी प्रदान गरीने हुदा मेलाले शिक्षक , विद्यार्थी , अभिभावक तथा शिक्षा प्रेमी सवैलाई फाईदा पुर्याउने लक्ष्य लिईएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्