हरि शर्मा
परासी, १२ असोज- नेपाली पोल्ट्री फर्मको नाउँमा नवलपरासीबाट अबैध रुपमा भारतीय चल्लाको कारोबार बढेको छ । जिल्लाका विभिन्न सीमा नाकाबाट भित्राइएका अवैध चल्लालाई बैध बनाउन कारोबारीहरुले नेपाली पोल्ट्री फर्मको डिब्बा (गत्ता) प्रयोग गर्न थालेका हुन ।
भारतबाट सस्तो दरमा खरिद गरेर ल्याइएका चल्लाहरुलाई कारोबारीहरुले नेपाली पोल्ट्री फर्मका गत्ता (चल्ला राख्ने डिब्बा) मा राखेर बुटवल, भैरहवा, नारायणगढ, पोखरा र काठमाण्डौं पु¥याउने गरेको पाइएको हो । अवैध कारोबारलाई बैद्य बनाउने कार्य बढेको गुनासो आएपछि सीमा नाकामा रहेको सशस्त्र प्रहरीबल हरपुरले निगरानी बढाएपछि उक्त कारोबार भएको फेला परेको हो ।
सुराकीको आधारमा मंगलवार राती सशस्त्र प्रहरी बल हरपुरका निरीक्षक रविन थापाको नेतृत्वमा पछ्याउँदै गएको टोलीले २४ लाख बराबरका चल्ला बरामद गरेको छ । भारतको बर्गदवाबाट अवैध रुपमा भैरहवातर्फ लग्दै गरेको जानकारी पाएपछि थापाको टोली कारोबारीलाई पछ्छाउँदै गएको थियो । सो क्रममा नेपाली गत्तामा राखिएका ३० हजार जिउ चल्ला पक्राउ परेको हो ।
त्यसरी अवैध चल्लालाई बैद्य बनाउन प्रयोग गरिएका पोल्ट्री फर्ममा त्रिवेणी संगम एण्ड ह्याचरी, चितवन, सागर पोल्ट्री ब्रिडिङ्ग फार्म एण्ड ह्याचरी भक्तपुर र किसान पोल्ट्री एण्ड ह्याचरीको नाउँ उल्लेख छ । पक्राउ परेका ३० हजार जीउ चल्लालाई बुधवार क्वारेण्टाईन चेक पोष्टको रोहबरमा नष्ट गरिएको छ । भारतबाट आउने अवैध कुखुरा र चल्लाले नेपाली व्यवसायी मर्कामा परेको भन्दै चितवन र नवलपरासीका व्यवसायीहरुले उक्त कारोबार नियन्त्रण गर्न प्रहरीसँग माग गर्दै आएका छन् पछिल्लो पटक सीमा नाकाबाट अवैध चल्लाको कारोबार बढेपछि निगरानी बढाइएको सशस्त्र प्रहरी बल नवलपरासीका उपरीक्षक टंकबहादुर खड्काले बताए । भारतबाट ल्याइने चल्लालाई कारोबारीहरुले नेपाली पोल्ट्री फर्मको उत्पादन भन्दै विभिन्न स्थानमा पु¥याउने गरेको गुनासो बढेपछि निगरानी बढाइएको खड्काले बताए । भारतमा प्रति जिउ ४० देखि ४५ नेपाली रुपैयाँमा पाईने चल्ला नेपालमा ७५ देखि ८० सम्म बिक्रि हुने गरेको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
