8.1 C
Kathmandu
Flowers in Chania

छात्रा कक्षाको अभावले छात्रा उर्दु शिक्षाबाट बन्चित हुदै- आलेमा

- Advertisement -

परासी, १२ असोज । मुस्लिम महिलाहरुलाई ईस्लामिक सन्देश दिन नवलपरासीमा पहिलो पटक महिला जलसा (धार्मिक प्रबचन) आयोजना गरिएको छ । प्राय मुस्लिम महिलाहरु घरबाट बाहिर निस्कन नपाउने र धार्मिक शिक्षाबाट बन्चित हुने हुँदा ति महिलाहरुलाई ईस्लामिक धर्मको विषयमा जानकारी दिने उद्देश्यले यस एक दिने जलसाको आयोजना गरिएको हो ।
जलसमा महिलाहरुलाई नमाज पढने, कुरान शरिफ पढने र ब्रत बस्ने सहि तारिका सिकाइएको छ । महिला घरको गहना र पर्दा हो, त्यसैले महिलाहरु बाहिर निस्किदा बुर्का लगाई निस्क पर्छ । इस्लाम धर्मको कायदा कानुन सबै माथि लागु हुने हुँदा महिलाहरुले पनि ति कानुनहरु (मसला) जान्न आवशयक रहेको कार्यक्रमका प्रमुख वक्ता आलेमा कमर जहाँले बताउनु भयो । जिल्लाको सुनवल, बनकट्टिमा आयोजित महिला जलसामा महिला वक्ताहरुले ईस्लाम धर्मको संरक्षण र त्यसको संस्कृतिलाई जोगाउन आवश्यक रहेको बताए । शिक्षा र जनचेतनाको अभावले निकै पछाडी पर्दै गएको मुस्लिम समुदायलाई सरकारले सामुदायिक विकास तथा धर्म संरक्षण गर्न आग्रह गरेका थिए । नेपालमा उर्दु (आरबी) को उच्च शिक्षाको व्यवस्था नहुँदा उर्दु पढने अधिकांश छात्राहरु विभिन्न घरायसी समस्याले अर्काे मुलुकमा गई शिक्षा हासिल गर्न पाउँदैनन् । ईस्लाम धर्म अनुसार उर्दु छात्रा बालिग (टिनऐजमा प्रवेश) भएपछि छात्रहरु संग एउटै कक्षामा बसी पढन नमिल्ने हुनाले छात्राका लागि छुट्टै कक्षा तथा विद्यालयको व्यवस्थापन गर्नु पर्ने हुन्छ ।
जिल्लाका मदरसाहरुमा कक्षाकोठाको अभाव संगै छात्राका लागि छुट्टै विद्यालयको व्यवस्थापनको अभावले छात्राहरुको पठन पाठन अवरुद्ध हुने गरेको छ । यत्रो ठुला जिल्लामा एक मात्र कुश्मा गाविस स्थित बेलासपुर मदरसामा छात्रा कक्षा (निस्वां) संचालन गरिएको छ जसमा क्षमता भन्दा बढि छात्राहरुका कारण पठनपाठन प्रभावकारी बन्न सकेको छैन । सरकारले जिल्लामा छात्राका लागि छुट्टै विद्यालयको (मदरसा) व्यवस्थापन मिलाइदिन आग्रह गर्दै छात्र छात्राहरुका लागि उर्दुको उच्च शिक्षा समेतका माग गरेका छन् ।
जलसा कार्यक्रममा धर्मावलम्बी, मोलाना सैयद गुलास हुसैन, मोलाना मोहर अलि, मोलाना वसिउल्लाह र मुस्लिम संघका कार्यवाहक अध्यक्ष कासिद अलि लगायतले जलसको व्यवस्थापकि कामलाई अन्जाम दिएका थिए । जलसको व्यापक प्रचार प्रसार गरि महिलाहरुलाई गाउँगाउँबाट बटुलेर जलसमा सहभागि समेत गराई महिलाहरुलाई सहयोग गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्