असोज १२ । हुलकी टिम । नवलपरासी जिल्लामा नै पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला २०७३ को तयारी पुरा भएको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा फस्ट बेष्ट एजुकेशन फेयर २०७३ यही असोज १३ , १४ र १५ गते कावासोती थानाचोकको खुल्ला मैदानमा हुन लागेको मेलाको सम्पुर्ण तयारी हुरा भएको बेष्ट मिडियाका अध्यक्ष नविन पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाईएको छ । वलिखीना एजुकेशन कन्सल्टेन्सीको प्रस्तुती तथा सद्भाव एजुकेशन कावासोतीको मुख्य प्रायोजन रहेको मेलामा दाईसुकी इन्टरनेशनल कलेज चितवनले सहयोगी संस्थाकोरुपमा रहेको छ । मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी लाई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईने छ ।मेलामा प्रवेश निशुल्क राखीएको र हरेक दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरीएको छ । विद्यार्थी संगै अभिभावकहरुका लागि पनी आफ्ना छोराछोरी लाई कुन विषय अध्ययन गराउने तथा विदेश पढ्न चाहने आफ्ना छोराछोरीका लागि के कस्ता विषय , स्थान र प्रकृया छन् सो विषयमा समेत जानकारी प्रदान गरीने हुदा मेलाले शिक्षक , विद्यार्थी , अभिभावक तथा शिक्षा प्रेमी सवैलाई फाईदा पुर्याउने लक्ष्य लिईएको छ ।