8.1 C
Kathmandu
Flowers in Chania

कावासोतीको थाना चोक खुल्ला मैदानमा हुने शैक्षिक मेलाको तयारी तिब्र

- Advertisement -

असोज ११ । हुलाकी टिम । नवलपरासी जिल्लामै नै पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला २०७३ को तयारी तिब्ररुपमा अगाडी बढेको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा फस्ट बेष्ट एजुकेशन फेयर २०७३ यही असोज १३ , १४ र १५ गते कावासोती थानाचोकको  खुल्ला मैदानमा हुन लागेको हो । बदलिदो परिस्थीतीमा शैक्षिक परार्मका लागि काठमाण्डौ धाउनुपर्ने नवलपरासी बासीको बाध्यता भएकाले मेलाको आयोजना गरीएको आयोजक संस्था बेष्ट मिडीयाका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी लाई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईने छ ।मेलामा प्रवेश निशुल्क राखीएको र हरेक दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरीएको छ । विद्यार्थी संगै अभिभावकहरुका लागि पनी आफ्ना छोराछोरी लाई कुन विषय अध्ययन गराउने तथा विदेश पढ्न चाहने आफ्ना छोराछोरीका लागि के कस्ता विषय , स्थान र प्रकृया छन् सो विषयमा समेत जानकारी प्रदान गरीने हुदा मेलाले शिक्षक , विद्यार्थी , अभिभावक तथा शिक्षा प्रेमी सवैलाई फाईदा पुर्याउने लक्ष्य लिईएको छ । मेलाको तयारीका लागि खुल्ला मैदानमा स्टल मर्मत , प्रचारप्रसार भईरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्