8.1 C
Kathmandu
Flowers in Chania

कावासोतीमा मोवाइल मेला

- Advertisement -

असोज ११। नवलपरासीको कावासोतीमा पहिलो पटक मोवाइल मेला आयोजना हुने भएको छ । यही असोज १४ गते देखि १८ गते सम्म चल्ने मेला कावासोती २ टिभी हाउस कावासोती परिसरमा हुनेछ । कावासोती मोवाइल एशोसियनको आयोजनामा हुने उक्त मेलाको नाम कावासोती मोवाइल मेला दिइएको छ । मेलामा ग्राहकको लागि सस्तो दररेटमा मोवाइल उपलब्ध गराइने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक शिव पोख्रेललेले जानकारी दिए । उनका अनुसार ५ बटा स्टल रहने मेलामा प्रत्येक सामान खरिदमा ५ देखि ८ प्रतिशत सम्म छुट उपलब्ध हुनेछ । स्टल भित्र सामसुङ्ग, जिवनी, लाभा, पानासोनी र लिनभो कम्पनीका भिन्न भिन्न स्टल रहने छ । मेलामा विभिन्न कम्पनीका मोवाइल सेट एक्सचेन्ज अफर समेत राखीने जनाइएको छ । साथै, मेलामा आउने ग्राहकहरुलाई हातखाली नजाने उपहारको साथै मेला भरी आउने ग्राहाक मध्येबाट ३ जनालाइृ बम्पर उपहारको समेत व्यावस्था गरेको छ । वम्पर उपहार मध्ये एलईडि टि भी, रेफ्रिजेनेरेटर र हिटर प्रदान गरिनेछ । मेलामा प्रवेश निःशुल्क छ । मेलामा १ करोड बराबरको व्यापार गर्ने लक्ष रहेको आयोजकले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्