११ असोज, काठमाडौं । धादिङको उत्तरी गाविस मार्पाकमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ ।घटनास्थलमा १७ जनाको र काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दियो ।घटनास्थलमै रहेका दार्खा चौकीका प्रहरी जवान जवाहरलाल साहका अनुसार मृत्यु हुनेहरुमा रौता तामाङ, रामचन्द्र सापकोटा, लुद्रबहादुर घले, टेकबहादुर तामाङ, करिब पाँच वर्षीय बालक रावण तामाङ, रावणकी आमा श्रीमाया तामाङ र कमला पौडेल छन् ।त्यस्तै दिलमाया अधिकारी, मनजी जोंग तामाङ, रोङसिंह तामाङ र बस चालक गंगाबहादुर विकको पनि दुर्घटनामा ज्यान गएको प्रहरी जवान साहले जानकारी दिए ।